आज साेमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा काेराेना संक्रमितको संख्या ३०४ पुगेकाे छ । नेपालमा थप ९ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या ३०४ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार थपिएका ८ जना राैतहटका छन् भने एक जना बाराका छन् ।

मन्त्रालयका अनुसार राैतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१ वर्षीय र २५ वर्षीय २/२ जना, २३ वर्षीय, २९ वर्षीय र ३० वर्षीय एक/एक जना पुरूष रहेका छन्। त्यस्तै राैतहट माधवनारायण नगरपालिकाका २८ वर्षीय महिला र बारा करैयामाई ५ का ३८ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।उनीहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia