सुनसरीको पश्चिम कुसाहा र इटहरीमा पनि २ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएको छ। इटहरी- २ का एक १८ वर्षीय युवा र सीमामा कार्यरत एकजना सशस्त्र प्रहरीमा संक्रमण देखिएकाे हाे । १८ वर्षीय युवामा संक्रमण देखिएपछि इटहरी उपमहानगरकाे वडा नम्बर २ र ३ सिल गर्ने तयारी भइरहेकाे छ । इटहरीभर ५ दिन सबै बन्द गर्ने नगरस्तरीय सुरक्षा समितिकाे निर्णय ।

सुनसरीकाे पश्चिम कुसाहामा रहेकाे पाेष्टमा कार्यरत सशस्त्र प्रहरीमा संक्रमण पाइएकाे हाे । थप २ जना संक्रमणको आधिकारिक पुष्टी हुन बाकि रहेको छ। हिजो बेलुका मात्र गढी गाउपालिकामा २८ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। यससँगै जिल्लामा सावधानी बढाइएकाे छ ।










तपाईको प्रतिक्रिया

trusted online casino malaysia