स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या ४०२ पुगेको छ । आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २७ संक्रमित थपिएको पुष्टि गर्नु भयो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।










