बराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडामा रहेको सशस्त्र प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित भेटिएसँगै बराहक्षेत्र नगरपालिका कार्यालयले वडा नं. १० र ११ शील गरेको छ। बराहक्षेत्र नगरपालिकाले आज एक प्रेष विज्ञपति जारी गरि सो कुरो उल्लेख गरेको छ। बराहक्षेत्र नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्रणका लागि उच्च सतर्कता अपनाउदै २०७७।०२।०७ गते देखि अर्को आदेश नभएसम्मको लागि वडा नं. १० र ११ मा हुने अत्यावश्यक सेवा (अस्पताल, स्वास्थ्य चौकि, मेडिकल, क्लिनिक, औषधी पसल) बाहेकका सम्पुर्ण आवगमनमा रोक लागाउने गरी पुर्णरुपमा शील गरिएको छ।

संक्रमित पाइएका सशस्त्र प्रहरी रहेको पोष्ट कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र पर्दछ । कोशी गाउँपालिकाको पश्चिम कुशाहासँग जोडिएको सीमामा पर्ने उक्त पोष्ट रहेको स्थानलाई हावा महल भन्ने गरिन्छ । बराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडामा रहेको सशस्त्र प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित भेटिएसँगै त्यहाँ रहेका अन्य १५ जनाको स्वाब संकलन गरिएको छ ।










तपाईको प्रतिक्रिया

trusted online casino malaysia