नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो। मृतक पेशाले शिक्षक थिए। उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ। नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...










