- अमर काफ्ले

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बन्द अवस्थामा रहेको सिम्याक्स फुड उद्योगलाई प्रशासनले होल्डिङ एरियाका रुपमा संचालनमा ल्याउने निर्णय गरेको छ ।देश बाहिरबाट जिल्ला भित्रिनेहरुको तत्काल बसोबासको बन्दोवस्ती मिलाउन सिम्याक्स फुड उद्योगको संरचना प्रयोगमा ल्याउने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार भारत लगायत विभिन्न मुलुकबाट जिल्ला भित्रने सक्ने व्यक्तिहरुको सवालमा क्वारेन्टाइमा पठाउनु पूर्व राख्ने स्थानका रुपमा होल्डिङ एरियालाई प्रयोगमा ल्याइने छ ।

तत्काल ५ सय जना अटाउने गरी व्यवस्थापनमा जुटेको पौडेलले बताए । होल्डिङ एरियामा राखिनेहरुका लागि उचित बसोबास र खानपिन सहितको व्यवस्था मिलाउने गरी आवश्यक तयारीमा जुटेको उनले बताए । फराकिलो र पर्याप्त भवन सहितका संरचना रहेकाले समेत आवश्यकता हेरी थप क्षमता अनुरुपको व्यवस्थापन गर्न सकिने पौडेलले जानकारी दिए ।सुनसरी खोलाको पुल नजिक रहेको उक्त संरचना भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ५ मा पर्दछ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेका अनुसार बन्द अवस्थामा रहेको सिम्याक्स उद्योग संचालनमा ल्याउने निर्णय सराहनीय छ । घिमिरेका अनुसार पूर्वाधार सम्पन्न संरचनामा कम्तिमा पनी ३ हजार बढीलाई होल्ड गरेर राख्न सकिने छ । आवश्यक्ता अनुरुप थप बन्दोवस्ती मिलाउँदै संचालनमा ल्याउने विषयमा छलफल भएको उनले जानकारी दिए ।

सुनसरी प्रशासनले आजैबाट आंशिक रुपमा उक्त स्थानलाई होल्डिङ एरियाका रुपमा संचालनमा ल्याएको छ । प्रशासनले एक सय बढी वेडको बन्दोवस्ती मिलाई सकिएको जनाएको छ । खानेपानी र बिजुली बत्ति लगायतको प्रवन्धमा जुटेको उसले जनाएको छ । आवश्यक स्रोत साधनको बन्दोवस्ती सहित मापदण्ड अनुरुपको व्यवस्थापन मिलाईको समेत प्रशासनले जनाएको छ ।चाइनिज लगानीमा स्थापना भएको सिम्याक्स उद्योग कच्चा पदार्थको अभावमा बन्द हुन पुगेको थियो । पशु चौपायाको मासु विदेश निर्यात गर्ने उद्येश्यसाथ स्थापना भएको सो उद्योग संचालनमा आएसँगै प्रदुषण फैलाएको जस्ता अन्य विभिन्न विषयले पटक पटक विवादमा समेत तानिएको थियो ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia