- अमर काफ्ले

सुनसरीको कोशी गाउँपालिकाले भारतको यूपी स्थित बागपत भन्ने स्थानमा रहेको जेलमा रहेका आफ्ना नागरिकको उद्दारमा पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले घटनाका सम्वन्धमा आफुले भर्खरै मात्र जानकारी पाएको बताउँदै उद्दारका लागि समन्वयात्मक पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेका हुन् ।

पीडितका आफन्तलाई उदृत गर्दै अन्सारीले भने, “के कति कारण भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई नियन्त्रणमा लिई जेल हालिएको हो त्यसबारे कुनै जानकारी छैन् ।” अन्सारीका अनुसार घटनाका सम्वन्धमा आफुहरुलाई भारतीय पक्षले अहिले सम्म कुनै जानकारी समेत गराएको छैन् । अन्सारीका अनुसार प्राप्त सुचनाका आधारमा कोशी गाउँपालिकाका २८ जना नागरिक भारतीय प्रहरीको नियन्त्रण पश्चात जेलमा छन् । उनीहरुले जसोतसो भ्वाइस म्यासेज पठाएर आफुहरुलाई उद्दार गरिदिन आग्रह गरेको अन्सारीले बताए ।
अध्यक्ष अन्सारीका अनुसार सप्तरीमा फागुन ५ गते सम्पन्न इज्तेमा सहभागी टोली प्रवचन सहित शिक्षा प्रदान गर्ने उद्येश्यसाथ विभिन्न स्थान हुँदै भारतको यूपी पुगेको थियो ।

भारतको दिल्लीमा आयोजित मुस्लिम कार्यक्रममा सहभागीमा कोरोना संक्रमण देखिएपछि गरिएको कडाईका क्रममा यूपी पुगेको नेपाली टोली सहित अन्य भारतीय नागरिकलाई कृष्ण उच्च मा.बी.को क्वारेन्टाइनमा राखिएको आफुले जानकारी पाएको अन्सारीले बताए ।जसमध्ये भारतीय नागरिकलाई छाडिएकोमा नेपालीको सवालमा भने उनीहरुलाई जेल चलान गरिएको भन्ने आफुकहाँ जानकारीमा आएको अन्सारीले बताए । उक्त कुरा निकै दुःखद भएको भन्दै अन्सारीले घटनाको सम्वन्धमा संघीय सांसद ज्ञानेन्द्र कार्की सहितका नेतालाई जानकारी समेत गराई सकिएको बताए ।गाउँपालिका अध्यक्ष अन्सारीले भारतको यूपी स्थित सुरक्षा निकायका साथै प्रशासन समक्ष नेपाली नागरिकको सम्वन्धमा आफुले जानकारी लिएको बताएपनि भारतीय पक्षले जेल हाल्नुको स्पष्ट कारण भने नखुलाएको बताए ।भारतीय पक्षबाट २८ जना नेपालीको सम्वन्धमा सम्वन्धित पक्षलाई जिम्मा लगाउने काम भैरहेको भन्ने जवाफ आएपनि घटनाबारे नेपाली पक्ष र आफुहरुलाई जानकारी नदिनु खेद पूर्ण रहेको अध्यक्ष अन्सारको भनाई रहेको छ । उनले घटनाको सम्वन्धमा सुनसरी प्रशासन सहित मानव अधिकारकर्मी समक्ष समेत जानकारी गराउने तयारीमा रहेको बताए ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia