सडक विस्तारको क्रममा विस्थापित गौतमपुरका २५ घर परिवारलाई राहत वितरण गरिएको छ ।सडक निर्माणको क्रममा बाटो छेउका घर टहरा हटाउने क्रममा विस्थापित बन्न पुगेका २५ परिवारलाई नेपाल रेडक्रस सोसाइटी धरानले राहत वितरण गरेको हो ।हरिनगर गाउँपालिको वडा नम्बर ३ मा वडा कार्यालयले सडक विस्तार गर्दा घर टहरा भत्काएको थियो । विस्थापित परिवारलाई प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाको पहलमा रेडक्रसले राहत वितरण गरेको हो ।

रेडक्रस इनरुवाका सदस्य योगेन्द्र प्रसाद मेहताका अनुसार राजिब कोइरालाको पहलमा धरान र इनरुवा रेडक्रसले विस्थापित परिवारलाई भेटेर राहत वितरण गरेको हो ।हरिनगरका रेडक्रस अध्यक्ष कृष्णप्रसाद भगत सहितको उपस्थितीमा विस्थापित परिवारलाई, त्रिपाल, भाँडाकुडा, लुगाफाटा सहितका सामाग्री वितरण गरिएको मेहताले बताए ।











