नेपाली काग्रेस सुनसरीले तरकारी रोपेर १३ औं गणतन्त्र दिवस मनाएको छ ।कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम आयोजना हुन नसकेपछि काग्रेस सुनसरीले तरकारीका बोट रोप्नुका साथै विउ छरेर दिवस मनाएको छ ।लक डाउनसँगै प्रभावित बनेको जनजीवन र दैनिकी उर्जाशील कार्यमा खर्चन उत्प्रेरणा जगाउने नयाँ सोचका साथ दिवस मनाइएको काग्रेस सुनसरीले जनाएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/a.1135973233467667/1135973276800996/?type=3&theater
नेपाली काग्रेसका जिल्ला सभापति तथा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित नेताहरुले कार्यालय परिषर पछाडीको भागमा तरकारीका बोट बिरुवा रोपेका हुन् ।
समयको सदुपयोग सँगै लक डाउनको समयमा घरमै सागसब्जी उत्पादन गर्न सुनसरी काग्रेसले सुझाएको छ । त्यसो गर्न सके तरकारी किनमेलकालागि भौतारिनु पर्ने समयको बचत सँगै धेरै हदसम्म कोरोना भाइरसबाट समेत सुरक्षित हुइने भएकाले सकारात्मक सन्देश प्रवाह गर्ने उद्येश्य साथ दिवस मनाइएको नेता राजिब कोइरालाले बताउनु भयो ।











