आज बिहिबार मात्र नेपालमा थप १ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ। विभिन्न प्रयोगशालामा एकैदिन यति धैरे संक्रमित थपिएका हुन् । हालसम्म ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट १ लाख २ हजार ३४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । । त्यसैगरी, अहिलेसम्म १ सय ८७ जना संक्रमित कोरोनामुक्त भएका छन् । जसमा १ सय ४४ जना पुरुष र ४३ जना महिला रहेका छन् । त्यस्तै, अहिले ८६ हजार ५७ जना देशका विभिन्न क्वारेन्टाइनमा रहेका देवकोटाले जनाएका छन् ।

त्यसैगरि बुधबार कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको उहाँले बताउनुभयो । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो । यही जेठ ११ गते अस्तपालमा भर्ना भएका मृतकको जेठ १२ गते नमूना सङ्कलन गरी कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पृष्टि भएको हो । उनमा कलेजोसम्बन्धी रोग रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia