कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजि क्षेत्र र रोजगारका लागि युवा उद्मीहरु आकर्षित हुन सकेको छैन । कृषिमैं आकर्षित भएका युवा उद्मीहरु सरकारले ल्याएको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाबाट प्रदान गरिदै आएको अनुदान लक्षित कृषकले नपाउदाँ राज्यले कृषिमा गरेको लगानि बालुवामा पानि सरह हुन पुगेको छ।इनरुवा नगरपालिका वडा नम्बर ८ निवासी रामचन्द्र महतो २०६७ सालमा ५० हजारको लगानी लागाएर सुरु गरेको फर्म २०७३ सालमा सुमन कृषि फर्म नाम दर्ता गरि च्याउ उत्पादन गर्दै आएको छ । १५ कठ्ठा जग्गा लिजमा र ५ कठ्ठा जग्गा आफ्नो गरि १ बिगहा क्षेत्रफल रहेको जग्गामा १५ वटा टहरा निर्माण गरि च्याउ उत्पादनकालागि २५ हजार सिलिण्डर राखेका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेर दैनिक च्याउ उत्पादन गर्दै आएको महतोले बताउछन । दैनिक २ देखी ३ क्वीन्टलसम्म च्याउ उत्पादन गरेर इनरुवा, झुम्का, इटहरी, धरान, विराटनगर, विराटचौक र गाईघाटसम्म पु¥याउदैं आएका थए । लकडाउनको समयमा उत्पादन भएको च्याउले बजार नपाउदा उत्पादित च्याउ गाउँघरमै बाडेको र बाकि बारि मै नष्ट भएको बताउछन ।

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेर च्याउ उत्पादन गर्दै आएको हुदाँ पनि कृषि ज्ञान केन्द्र सुनसरीले मेरो नाम अनुदानको सुचीमा नराखेको गुणासो गर्छन । कृषि ज्ञान केन्द्र सुनसरीका अधिकृत सहितका टोलीले अनुगमन गर्दा आश्वाषन दिएको तर अनुदानका लागि कृषकको नाम सार्वजनिक गर्दा झोले किसानको नाम मात्र सार्वजनिक गरेको कृषक महतोले आरोपा लगाएका छन । अनुदानका लागि कृषकका नाम सार्वजनिक गर्दा दिनमा १० किलोसम्म उत्पादन गर्न नसक्ने व्यक्ति, समुह र ब्लकलाई अनियमित्ता गरि नाम सार्वजनिक गरेको महतोले आरोप लगाएका छन । राष्ट्रिय बाणिज्य बैंकबाट १३ लाख, ग्लोबल आइएमई लि.बैंकबाट ६ लाख, लघुवित्त र आफ्नो गरि जम्मा ३२ लाखको लगानी लगाएर सुमन कृषि फर्म संचालन गरेको महतोले बताउछन । च्याउ खेति गरेर घरपरिवार पालपोषण गर्दै आएको र दैनिकी ज्यालादारीमा ८ जना कर्मचारी समेत बेरोजगार भएको बताउछन ।

कृषि ज्ञान केन्द्र सुनसरीबाट सार्वजनिक गरको नाम भन्दा कृषक महतोको फर्म उत्कृष्ट रहेको च्याउ उत्पादन किसान संघ सुनसरीका अध्यक्ष कृष्णबहादर गुरुङले इनरुवा अनलाईन संग बताए ।अहिलेको परिवेष हेर्दा जो किसान अफिसमा धाईरख्ने, गफ लाउने र गोजि भर्ने जस्ता कृषकलाई अनुदान दिदैं आएको च्याउ उत्पादन किसान संघ सुनसरीको केन्द्रीय सदस्य दिपक आचार्यले आरोप लगाएका छन । किसानहरुको आवाज सहित सहि कृषक लाई छनोट गरि कृषि ज्ञान केन्द्रले अनुदानका लागि नाम सार्वजनिक गर्नुपर्ने केन्द्रीय सदस्य आचार्य बताउछन ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यवसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम गरी जम्मा चार वटा सम्भागहरु रहेका छन । कृषि ज्ञान केन्द्र सुनसरीबाट चालु आ.व. मा अनुदानका लागि नामाङ्कन जारी गरेको छ । प्राबिधिक टोलि सहित फिल्ड अनुगमन गरि सुनसरी र मोरङका कृषकलाई अनुदानका लागि नाम सार्वजनिक गरेको कृषि ज्ञान केन्द्र सुनसरीको अधिकृत नुनुलाल उरावँले जानकारी दिए । लकडाउनको समयमा ज्यानको जोखिममा रखेर पनि फिल्ड भेरिकेशन गरेर उत्कृष्ट कृषकको नाम सार्वजनिक गरेको अधिकृत उरावँले हामि संग बताउछन ।लकडाउनको यातनाले गदाँ एकातिर बर्षौं देखि अंगालिएर आएको पेशा र व्यवसाय संकटमा पर्ने भएको प्रष्ट देख्न सकिन्छ । सम्बन्धित निकायले यधासिघ्र यस विषयमा गहन अध्यन गरि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको लक्ष्यलाई हासिल गर्नकालागि रामचन्द्र महतो जस्ता किसानहरुलाई न्याय दिनुपर्ने उचित देखिन्छ। अनि मात्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको औचित्य कायम हुन्छ।

भिडियोको लागि तल क्लिक गर्नुहोसः











तपाईको प्रतिक्रिया

trusted online casino malaysia