सुनसरी । बराहक्षेत्रमा एक युवाको फेला परेको छ । कुटपिटगरी हत्या गरेको अवस्थामा शव फेला परेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ स्थित जमुना गाछीमा नयाँ खोलिएको प्लटिङमा एक युवालाई कुटपिट गरि हत्या गरेको अवस्थामा शव फेला परेको स्थानियले बताए ।

बराहक्षेत्र ३ बाङ्गे घर घए पनि केही बर्ष देखि दमक बस्दै आएको राईको कुटपिट पछि हत्या गरेको हुन सक्ने स्थानीयहरुले बताएका छन । बराहक्षेत्र ३ भानुचौक निवासी मन्जु राईको भिनाजु रहेको र हाल मन्जु राईको घरमै बस्दै आएको खुल्न आएकाे छ । खेतको बाटो माथि घोप्टो परेको रगतले लतपतिएको टाउँको फुटेको, कान काटिएको अबस्थामा शब फेला परेकाे र घट्नाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तस्बिर सहयोगः बराहा दर्पनको पेजबाट











