कोशी गाउँपालिकाबाट एक युवा पक्राउ परेका छन। लागूऔषध कारोबारमा संलग्न ति युवा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी श्रीपुरबाट खटिएको प्रहरी टोलीले सुनसरी र भारतको सीमा क्षेत्रमा पर्ने कोशी गाउँपालिका–५ बाट दुई जनालाई पक्राउ गरेको हो ।

तर पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ का २२ वर्षीय तनवीर आलम मियाँलाई नियन्त्रणमा लिन सफल भएको हो भने एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ । मियाँले बोकेको झोला जाँच गर्ने क्रममा डाइलेक्स डिसी २५ बोतल, स्पास्मोप्रोक्सिभन ७२ क्याप्सुल, नेट्रोट १० लेखिएको २७० ट्याब्लेटसहित २१ ह्जार रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।










तपाईको प्रतिक्रिया

trusted online casino malaysia