नेपालमा शनिबार दिउँसो सम्ममा संक्रमितको कुल संख्या १ हजार ४ सय १ पुगेको छ । नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शनिबार दिउँसो सम्ममा संक्रमितको संख्या कुल १ हजार ४ सय १ पुगेको छ । आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार थपिएका १ सय ८९ जनामा १ सय ८५ पुरुष र ४ महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा थपिएका संक्रमितहरुमा कपिलवस्तुमा १०९ जना, दैलेखमा ११, दाङमा ५ जना, झापा र ललितपुरमा १/१ जना रहेका छ भने पहिलो पटक पूर्वी पहाडी जिल्ला संखुवासभामा पनि २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।











तपाईको प्रतिक्रिया

trusted online casino malaysia