- अमर काफ्ले

इनरुवा नगरपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थलको संख्या बढाउदै लगेको छ ।सुरुवाती अवस्थाबाटै नयाँ बसपार्कको भवनमा १० वेडको क्वारेन्इन संचालनमा ल्याएको इनरुवा नगरपालिकाले सो स्थानमा २० वेड थपेको छ । त्यो सँगै इनरुवा नगरपालिकाले भारतबाट भित्रिनेको बढ्दो संख्यालाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप थप ३ सय वेड क्षमताको क्वारेन्टाइन संचालनको तयारी थालेको छ । जसमध्ये भगवती माबि इनरुवाको भवनलाई १ सय वेड क्षमताको क्वारेन्टाइन स्थलका रुपमा प्रयोग थालि सकिएको छ ।

इनरुवा नगरपालिकाले शैक्षिक तालिम केन्द्र र सहकारी डिभिजन कार्यालयको भवनलाई क्वारेन्टाइन स्थलका रुपमा संचालनमा ल्याउन लागेको छ । डिभिजनको भवनमा ५० र शैक्षिक तालिम केन्द्रमा १ सय ५० वेड प्रयोगमा ल्याउने गरी नगरपालिकाले तयारी अघि बढाएको छ ।छिमेकी मुलुक भारतबाट घर फर्किनेको संख्या बढ्दो क्रममा रहेकाले समेत क्वारेन्टाइन स्थलको क्षमता बढाउनु आवश्यक देखिएको नगरपालिकाको ठहर छ ।बाहिरबाट फर्किने नगरवासीहरुको सवालमा उचित व्यवस्थापनकालागि पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थल थप्ने काम भैरहेको नगर प्रमुख राजन मेहताले बताए । आवश्यकता परेको खण्डमा थप वेड क्षमताको क्वारेन्टाइन स्थल समेत संचालनमा ल्याउन सकिने गरी बन्दोवस्ती मिलाइएको समेत उनले जानकारी दिए ।मेहताका अनुसार सुरक्षाको उचित बन्दोवस्ती सहित आवश्यक स्रोत साधन जुटाएर क्वारेन्टाइन संचालनमा ल्याइएको छ ।क्वारेन्टाइन स्थलमा बस्नेहरुका लागि खानपिन सहितको बसोबासको व्यवस्था नगरपालिकाको कार्यालयले मिलाउँदै आएको मेहताले बताए । जसलाई नयाँ क्वारेन्टाइन स्थलमा समेत निरन्तरता दिइने छ ।मेहताले नगरवासीको हकमा कुनैपनि कुरोको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । उनले विषय परिस्थितीमा सबैको साथ र सहयोगको खाँचो रहेको भन्दै झुटो प्रचारबाजी र अफवाह फैलाउने काम भने सोभनीय नहुने प्रतिकृया जनाए ।मेहताका अनुसार इनरुवाको सवालमा क्वारेन्टाइन व्यवस्थापन सँगैका अन्य काममा सुनसरी प्रहरीको महत्वपूर्ण साथ र सहयोग प्राप्त भएको छ ।

नगर प्रमुख मेहताले संक्रमणको दर बढ्दो क्रममा रहेकाले स्वयं नगरवासी समेत थप सजक हुन जरुरी रहेको बताए । उनले लक डाउनको उल्लंघन नगर्न नगरवासी समक्ष आग्रह समेत गरे ।सुनसरीका प्रहरी प्रमुख कमल थापाले समेत क्वारेन्टाइन व्यवस्थापन र संचालन सँगै सुरक्षाको बन्दोवस्ती लगायतका विषयमा नगरपालिकाको कार्यालय विशेष गरी नगर प्रमुख सँगको समन्वयमा काम भैरहेको बताए ।उनले इनरुवाको सम्वन्धमा थप केही स्थानको समेत छनौट गरिएको बताए । जसलाई आवश्यक्ताका आधारमा क्वारेन्टाइन स्थलका रुपमा प्रयोगमा ल्याउन सकिने छ ।प्रहरी उपरीक्षक थापाले भने, “जिल्ला भरका स्थानीय तहले क्वारेन्टाइन स्थलको क्षमता बढाई रहेका छन् । जुन निकैनै आवश्यक पनि देखिएको छ ।धेरै स्थानमा होल्डिङ एरिया समेत संचालनमा आएका छन् । जहाँ भारत सहित विभिन्न स्थानबाट आएकाहरुलाई होल्ड गरी सम्वन्धित स्थानीय तहमा रहेका क्वारेन्टाइन स्थलमा पठाउने काम भैरहेको छ ।”इनरुवाको हकमा बसपार्कमा २५ जना क्वारेन्टाइनमा रहेका छन् भने भगवती माविमा विहान सम्म १० जनालाई राखिएकोमा थप ७० जना साँझसम्म थपिने क्रममा छन् । (समाचार तयार पार्दा सम्मको जानकारीका आधारमा)












तपाईको प्रतिक्रिया

trusted online casino malaysia