नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। आइतबार दिउसो सम्ममा १६६ कोरोना भाइरसका संक्रमित नेपालमा थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जनामा संक्रमण पुष्टि भएको हो।
तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङको बिराटनगरमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। यसैबीच पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा ज्यान गुमाएकी बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएकी २ वर्षीया बालिकाको आईतबार बिहान २ बजेतिर मृत्यु भएको थियो । उनको स्वाब धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा पठाएको थियो । आईतबार दिउँसो आएको रिपोर्टमा ती बालिकामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी दैलेखको दुल्लुनगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा हिजो शनिबार ज्यान गुमाएका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको थियो । दैलेखका यी दुईको मृत्युसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । कोरोना जितेर अहिलेसम्म २२० जना अस्पतालबाट घर फर्किएका छन्।











