- निशान प्रकृति थारु

इटहरी। सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा-१५ एकम्बा रामजानकी मन्दिर छेउमा अवस्थित परालकाे माच(छात)मा आगलागी भएकाे छ । करिब रातकाे ८ बजे आगलागी सुरु भएकाे स्थानीयले बताएका छन ।

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएकाे माच(छात) मात्रै डडेकाे इलाका प्रहरी कार्यालयका पकलीका प्रमुख कैलाश अधिकारीले जानकारी दिएका छन । स्थानीयबासीकाे सहयाेग, प्रहरीकाे सक्रियतामा इनरुवा र इटहरीबाट गएकाे वारुणयन्त्रले दुई घण्टा पछी आगाे नियन्त्रणमा लिएकाे जानकारी दिएका छन ।

आगाे कसरी लागियाे भने कुरा अनुसन्धान भईरहेकाे जनाएकाे छ । आगाे इटहरी-१५ एकम्बाका स्थानीय भाजुराम (भजुवा) चाैधरीकाे माचमा(छात) आगलागी भएकाे आगलागीबाट करिब ३० हजार बराबरकाे क्षति भएकाे छ ।












तपाईको प्रतिक्रिया

trusted online casino malaysia