नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो वृद्धि अहिले सम्मकै बढी हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ। पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएसँगै कोरोनाभाइरसका संक्रमित पनि बढेका हुन्। मन्त्रालयका अनुसार सोमवार बैतडीमा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुने जिल्ला सङ्ख्या ५९ पुगेको छ। निको भएर घर फर्किनेको संख्या २२१ रहेको छ।












तपाईको प्रतिक्रिया

trusted online casino malaysia