विराटनगर । विराटनगरमा रहेको श्री अस्पताल बन्द भएको छ। अस्पताल बन्द हुदा कार्यरत कर्मचारीहरुको बिच्चली भएको छ। पुर्व जानकारी बिना नै अस्पताल सञ्चालकले श्री अस्पताल बन्द गरेपछि त्यहाँ कार्यरत ४३ जना कर्मचारी अलपत्र परेका हुन ।अस्पताल सञ्चालक राजेश अग्रवालले अस्पताल बन्द गरेपछि तीन डाक्टर सहित ४३ जना कर्मचारी अलपत्र परेका हुन् । करिब नौ वर्षयता सञ्चालनमा रहेको श्री अस्पतालमा लकडाउन यता बिरामीको चाप थिएन । आर्थिक नोक्सानी भोगेका कारण अग्रवालले पूर्वजानकारीविना अस्पताल बन्द गरेका हुन् । कर्मचारीले आइतबार मात्र अस्पताल बन्द भएको थाहा पाएका थिए ।

एक्कासी अस्पताल बन्द भएपछि पाँच महिनायता पारिश्रमिक नपाएका कर्मचारीहरूले तलब माग गर्दै सञ्चालक अग्रवालको घर सोमबार घेराउ गरेका छन् । अस्पतालका कर्मचारीमध्ये केहीले पाँच महिनायता र केहीले तीन महिनायता पारिश्रमिक नपाएको अस्पतालका एक कर्मचारीले बताए । सोमबार कर्मचारी पुगेपछि सञ्चालक अग्रवाल घरमा लुकेका थिए । कर्मचारीले विरोध गरेपछि वडा प्रहरी कार्यालय विराटनगरको टोली पुगेको थियो । डिएसपी बेदप्रसाद गौमतले छलफल गराएपछि अग्रवाल कर्मचारीको तलब दिन राजी भएका छन् । सञ्चालक अग्रवालले दैनिक १० जनालाई पारिश्रमिक दिने प्रतिवद्धता जनाएका छन् । कर्मचारीलाई जानकारी नदिई अस्पताल बन्द गर्ने सञ्चालक अग्रवाल लकडाउनको समयमा मास्क कालोबजारी गरेको आारेपमा पक्राउ परेका व्यक्ति हुन् । विराटनगर–९ घोगापुल चोक अग्रवालले आफ्नै घरमा सञ्चालन गरेको श्री सुर्जी इन्पेक्समा लुकाएको अवस्थामा ११ हजार ३ सय ५० पिस मास्क बरामद गरेको थियो ।













तपाईको प्रतिक्रिया

trusted online casino malaysia