विराटनगर / विराटनगर बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको आज बसेको बैठकले भोलि बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिएका छन् । विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुराँ तथा सैलुनबाहेक अतिआवश्यक पसल तथा व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

मापदण्ड विपरीत सामाजिक दूरी कायम नगर्ने र तोकिएको समयबाहेक अन्य समयमा व्यवसाय सञ्चालन गरेको पाइएमा कारवाही हुने महानगरपालिका प्रमुख पराजुलीले बताएका छन् । अतिआवश्यक पसल तथा व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम गरी सुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउछन् ।










तपाईको प्रतिक्रिया

trusted online casino malaysia