नेपालमा बिहीबार दिउसो कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ। एकै दिन आज थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । आज मात्र थप १ जना संक्रमितको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १० पुगेको छ।












