- अमर काफ्ले

इनरुवा। सुनसरीकाे भाेक्रहा नरसिंह गाउँपालिकामा संचालनमा ल्याईएकाे हाेल्डिङ सेन्टरमा बसेका २ पुरूष काेराेना संक्रमित पाईएका छन् । उनीहरू मध्ये एकजना माेरङका हुन भने अर्का व्यक्ति ताप्लेजुङका हुन् ।

भारतबाट आएका उनीहरूलाई भाेक्राहाकाे हाेल्डिङ सेन्टरमा राखिएकाे थियाे । सेन्टरमा बसेका धेरैजसाे पश्चिम नाका हुँदै नेपाल भित्रिएकाहरू छन् । पुर्वी पहाडी र सुनसरी आसपास घर भएकाहरूलाई बन्द रहेकाे सिम्याक्स फुड उद्योगमा राखिएकाे छ । ७८ जनाकाे परीक्षण गरिएकाेमा २ बाहेक अन्य सबैकाे पिसिआर रिपाेर्ट नेगेटिभ आएकाे सुनसरी प्रहरीले जनाएकाे छ । साे सेन्टरमा १०२ जना बसेका छन् । जसमध्ये नेगेटिभ पाइएकाहरू घर फर्कन थालेकाे प्रहरीले जनाएकाे छ ।










तपाईको प्रतिक्रिया

trusted online casino malaysia