इनरुवा। विश्व नै कोरोनाको माहामारीले आक्रांत भएको बेला नेपालमा पनि दिनहु संक्रमितको संख्यामा वृद्दि हुदै गएको छ। नेपालमा लकडाउन अवधि जारी भएको आज दुई महिना पार गरि सकेको छ। यस बिचमा नेपाल सरकारको निर्देशन अनुसार देशै भरि नै सम्पुर्ण कामकाज, उधोग कलकारखाना, निर्माणकार्य आदि बन्द नै रहेको थियो। यसै बिच केही दिन अगाडी देखि सरकारले लकडाउनलाई चरणबद्ध रुपमा केही खुकुलो बनाउदै आएको छ।

चालु आर्थीक वर्ष सक्किन केही दिन बाकि रहेको छ। यसै अवस्थालाई मध्यनजर गर्दै यस आर्थीक वर्षमा देशै भरि सम्पन्न हुन बाकि रहेका निर्माण कार्यहरुले तिव्र गति लिएको छ।
इनरुवा नगरपालिकामा पनि यस आर्थीक वर्षमा सम्पन्न हुन बाकी रहेका निर्माणकर्यले गति लिएको छ। यसै बिच इनरुवा बजारको मध्यभागमा इनरुवाको प्रतिक ईनार बन्ने भएको छ। उक्त योजनाको कुल लागत खर्च रु. १५ लाख रहेको छ भने लागत खर्च मध्ये रु. १२ लाख इनरुवा नगरपालिकाले लगानी गर्ने तथा रु. ३ लाख उपभोक्ता समितिको तर्फबाट लगानी हुने भएको छ।

नगरपालिकाका ईन्जिनियर उमेश मेहताका अनुसार उक्त योजनाका प्रारम्भिक कार्यहरु सम्पन्न भै सकेको र उपभोक्ता समिति गठन गरि निर्माणकार्य सरु गर्ने तैयारिमा रहेको बताए। लामो लकडाउनले गर्दा हामी संग अहिले प्रयाप्त समय नरहेको अवस्थामा यसै आर्थीक वर्षमा यस कार्यलाई सम्पन्न गर्नु पर्ने भएको हुदा उपभोक्ता समितीको माध्यमबाट इनरुवाको प्रतिक इनार बनाउन लागिएको ईन्जिनियर मेहता बताउछन्।

इनरुवाको पहिचान संग जोडिएको यस योजनालाई जसरी नि असाढ मसान्त सम्म सम्पन्न गर्ने इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता बताउछन्। चरा संग्रालय, खेल मैदानको प्यारफिट, कभर्ड हलमा ब्याडमिन्टन कोर्ट, घन्टाघर, इनरुवाको प्रतिक ईनार आदी जस्ता विकासका योजनाहरुलाई महत्वका साथ लिईएको छ नगरप्रमुख मेहता बताउछन्। जस मध्ये केहि योजनाहरु बहुबर्षिय योजनामा पर्दछन् । इनारको प्रतिक ईनारले इनरुवाको पहिचान झलकाउनेमा विश्वस्त छन् नगर प्रमुख मेहता। नगरको बिचभाग गोल चौकमा बन्न लागेको उक्त ईनारको निर्माणले नगरको पहिचान दिनेकुरामा नगरबासी समेतको फरक धारणा नरहेको वर्तमान समयमा राजनितिक द्वन्दले गर्दा इनरुवाको प्रतिक ईनार सोही ठाउमा बन्छ वा बन्दैन भन्ने कुराको नगरबासीमा चासोको विषय बनि सकेको छ।
भिडियोकोलागि तल क्लिक गर्नुहोसः














