सुनसरीमा सात वर्षिया बालिका सहित १६ जना काेराेना संक्रमित थपिएका छन् । नयाँ भेटिएका संक्रमित मध्ये १५ जना क्वारेन्टिनमा रहेका व्यक्ति हुन । एक जना भने केहि दिन अघि बिरामी भई विपी प्रतिष्ठान धरानमा भर्ना भएका व्यक्ति हुन् । उनी ७ वर्षिया बालिका हुन् ।
काेराेना पाेजेटिभ पाइएकाहरूमा हरिनगर गाउपालिकाकाे भुटाहा जेनरल हस्पिटलकाे भवनमा संचालनमा ल्याइएकाे क्वारेन्टिनमन रहेका १२ जना छन् । त्यसैगरी बर्जु गाउँपालिकाकाे सितारा फ्याक्ट्रीमा राखिएका ३ जना र बराहक्षेत्र नगरपालिका घर भई धरानमा उपचाररत रहेकी एक बालिका छिन् । हरिनगरका १९ जनाकाे पिसिआर परीक्षण गरिएकाे थियाे । जसमध्ये १२ काे पाेजेटिभ पाइएकाे हाे । थप २५ जनाकाे स्वाब संकलन गर्ने क्रममा रहेकाे स्वास्थ कार्यालय सुनसरीले जनाएकाे छ ।
बर्जुमा ३५ जनाकाे परीक्षण गरिएकाे कार्यालयले जनाएको छ । स्वास्थ कार्यालय सुनसरीकाे पछिल्लाे रिपोर्ट अनुसार जिल्लामा काेराेना संक्रमितकाे संख्या ३४ पुगेकाे छ । कार्यालयले घर ठेगाना अन्यत्र भएपनि सुनसरीमा रहँदा स्वाब संकलन गरि ट्रेसिङ गरिएकाहरूलाई जिल्लाकै विवरणमा समावेश गरेकाे छ । सुनसरीमा अहिले सम्म १५ सय १३ काे पिसिआर परीक्षण गरिएकाे छ । जसमध्ये ३४ पाेजेटिभ रहेकाे छ । ५६ जनाकाे रिपोर्ट आउन बाँकी छ । सुनसरीकाे गढीमा ३ जना काेराेना संक्रमित भेटिदा हरिनगरमा १२, बर्जु ३, बराहक्षेत्र ५, भाेक्राहा ९, इटहरी र धरानमा १-१ जना रहेका छन् ।












