काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा थप २ सय ७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय संख्यामा ७८ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ६७ पुरुष र ११ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ । यसैबीच निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ३१ पुगेको छ । जस्मा २ सय ७२ पुरुष र ६१ महिला छन् । शुक्रबार सम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्। आज कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।








तपाईको प्रतिक्रिया

trusted online casino malaysia