भुटाहा। सुनसरीकाे भुटाहामा हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ । आज विश्व वातावरण दिवसकाे उपल्क्षमा हरिनगर गाउँपालिकाकाे भुटाहामा रहेको मदरसा जामिअतुल इस्लाह अल इस्लामियाको हाता भित्रमा वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसका अवसरमा “एक घर एक फलफूल विरुवा” संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह्वान गरेको थियो । प्रकृतिसँग हाम्रो सम्वन्ध, रहिरहोस अनन्त भन्ने मूल नाराकासाथ दिवस मनाइएको हो ।

समाजिक विकासका लागि एक्यवद्वता नेपाल (एलायन्स नेपाल) सुनसरीले उक्त कार्यक्रमको आयोजना गरेको थियो । एलायन्स नेपाल संस्थाका अध्यक्ष नईम अन्सारीकाे संयोजकत्वमा विभिन्न वाेटविरुवा रोपिएको डिभिजन वन कार्यालय सुनसरी वातावरण अधिकृत राजेन्द्र साहले बताए । वृक्षारोपणका प्रमुख अथिति सुनसरी क्षेत्र नम्बर ४ ख का प्रदेश १ का सांसद हाजि ताहिर अन्सारी विशेष अथिति हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी अथितिहरु वडा नं. २ का वडाअध्यक्ष हाजि युनुस अन्सारी, मदरसाका नाजिम ताहिर फलाही रहेका थिए।

त्यसैगरि भुटाहा सशस्त्र प्रहरी बलका प्रमुख राजन अर्याल भुटाहा प्रहरी चाैकीका प्रमुख दिपक कटुवाल सेराजुद्दिन निर्माण सेवाका प्रमुख सेराज अन्सारी नेपाली मुस्लिम वेलफेयर साेसाइटीका प्रमुख सेराज फलाही लगायत वृक्षारोपणमा सहभागिता जनाएका थिए । विरुवा रोपी यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।












