लौकही। सुनसरीको कोशी गाउँपालिका-२ पश्चिम कुशाहामा स्वास्थ्य चौकी र वडा कार्यालय निर्माणका लागि स्थानीय चिचो यादव लगायत उनका परिवारका सदस्य लक्ष्मी यादव, बिलेछ्न यादव र समाजसेवी दानालाल यादवले चालीस लाखभन्दा बढी मूल्य पर्ने जग्गा दानमा उपलब्ध गराएका छन्।

दान गरिएको जग्गामा बन्ने स्वास्थ्य चौकी र वडा कार्यालय भवनको शिलान्यास गर्दै जग्गादाता चिचो यादवले सामाजिक क्षेत्रमा योगदान पुर्याउनुका साथै स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको बताए। स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माणका लागि स्थानीय यादव परिवारले चालिस लाख भन्दा बढी मुल्य पर्ने जग्गा दानमा उपलब्ध गराएको हो । उक्त स्वास्थ्य चौकी र वडा कार्यालय भवन बनाउन कोशी गाउँपालिकाको आर्थिक वर्ष ७६/७७ को बजेटबाट बन्ने भएको छ। सो स्वास्थ्य चौकी र वडा कार्यालयको शिलान्यास भने कोशी गाउँपालिका २ नम्बर वडा अध्यक्ष हिरालाल यादवले गरेका थिए भने सोही वडाका वडा सदस्यहरु स्थानीय समाजसेबी बुद्धिजीवीहरुको समेतको उपस्थिति रहेको थियो । यसैगरी यादव समुदायका झुजारु तथा समाजसेवी युवा दनालाल यादवको चासोमा स्वास्थ्य क्षेत्रमा ठुलो योगदान गरेको स्थानीयहरु बताउँछन् ।












