आज दहीचिउरा खाने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ ।

वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ ।








तपाईको प्रतिक्रिया

trusted online casino malaysia