- अमर काफ्ले

अविरल वर्षाका कारण सुनसरीका विभिन्न खोलामा पानीको तह बढेसँगै खोला किनारका बस्तीमा डुबानको खतरा बढेको छ । धरानमा सेउती र अंधेरी खोलामा आएको बाढीले ४ घर बगाएको छ । सुनसरी इनरुवाको मुसहरी टोलमा कुरुवा खोलाको पानी वस्तीमा पसेको छ ।
https://www.facebook.com/inaruwaonline/photos/a.1170546893343634/1170546996676957/?type=3&theater
जिल्लाको दक्षिण भेगका धेरै स्थान सुनसरी र मरिया खोलाको बाढीका कारण डुबानको चपेटमा परेको छ । यता सप्तकोशी नदीको बाढीले एक बालकलाई बगाएको छ । नदीमा दाउरा खोज्न गएका बराहक्षेत्र ७ घर भएका १४ वर्षिय अनिल बस्नेत सप्तकोशीमा वेपत्ता भएका छन् । हिजो धरानको सर्दु खोलाले बगाएर वेपत्ता भएका ६५ वर्षिय रामबहादुर बस्नेतको शव भने आज फेला परेको छ । उता सप्तकोशी नदीको बहावमा भने अघिल्लो दिनको तुलनामा कमी आएको छ । साँझको मापन अनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ३५ हजार १० क्यूसेक प्रतिसेकेण्ड रहेको छ । कोशी ब्यारेजका ३५ ढोका खोलिएका छन् । सुनसरी प्रहरीले जिल्लामा बाढी र डुबानको अवस्था सामान्य रहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया

trusted online casino malaysia