२६ असोज इनरुवा
नेपालीहरु12166753_954458704602057_1586234400_nको महान चाड विजया दशमी आजबाट सुरु भएको छ ।
आज पहिलो दिन घरघरमा दशैंको जमरा राखी दुर्गा माताको आव्हान गर्ने गरिन्छ ।विशेष पुजाआजा सहित राखिने जमरा नौ रात सम्म राखी भगवतिका विभिन्न स्वरुपहरुको पुजा आराधना गर्ने गरिन्छ ।
घरका अलावा भगवति मन्दिरहरुमा समेत सामूहिक जमरा राख्ने गरिएको छ । इनरुवा स्थित रहेको भगवति मन्दिरमा समेत जमरा राखिएको छ । जसलाई दुर्गाको प्रसादका रुपमा दशमीका दिन मान्यजनबाट टिका तथा आशिष ग्रहण गर्दा शान्ति र समृद्धिको प्रतिक मानि लगाउने गरिन्छ ।
यसैविच इनरुवामा रहेका दुर्गा मन्दिरहरुमा आजबिहानैबाट पुजा गर्ने तथा भगवतिको दर्शन गर्नेहरुको चहलपहल बढेको छ । विषेशगरी भोलीबाट ९ दिन अर्थात नवरात्रा अवधीभर विहान इनरुवा तथा बबियामा रहेको भगवति मन्दिरमा पुजाआजा गर्नेको भिड लाग्ने गर्दछ । पुजाआजाको सहजताका लागि विशेष व्यवस्था मिलाइएको मन्दिर समितिले जनाएको छ । त्यसैगरी दर्शनार्थीहरुको सुरक्षाकालागि भरपर्दो व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नवरात्रा अवधिभर भगवति मन्दिरमा मेला समेत लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia