सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक लगाउने निर्णय गरिएको छ ।जिल्ला प्रशासन कार्यालया बसेको डीसीसी एमसीको बैठकले भिडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम थपिएको निष्कर्श निकालेको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले मालबाहक सवारी साधन बाहेक भाडाका साधनहरु सिटी सफारी, रिक्सा, टेम्पो, म्याजिक, माइक्रो लगायत संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।बैठकले अत्यावश्यक बाहेकका बजार, पसल मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ ।त्यस्तै बैठकले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरुमा एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राख्ने, सीमामा थप कडाई गर्ने निर्णय समेत गरेको छ । इनरुवा अनलाइनलाई प्रजिअ पोखरेलले दिनु भएको जानकारी अनुसार संक्रमण देखिएका स्थानहरुमा आवश्यकता हेरी पीसीआर परीक्षणको दायरा बढाउँदै लगिने छ ।

प्रशासनमा भएको छलफलले स्थानीय तहले आफ्नो क्षेत्रमा लक डाउन गर्नु पर्ने अवस्था आए स्वयं निर्णय गर्न सकिने समेत जनाएको छ ।यसैबिच इनरुवाको मूख्य बजारमा रहेको औषधी व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्र लक डाउनको तयारी गरेको छ । दिउँसो बस्ने बैठकले लक डाउनको विषयमा निर्णय गर्ने नगर प्रमुख राजन मेहताले इनरुवा अनलाइनलाई जानकारी दिनुभयो ।
https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2

https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia