इनरुवा/आज इनरुवा क्षेत्र भित्रका १ सय जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका हरुमा सुनसरी जिल्ला अदालत सहित सरकारी वकिल कार्यालयका केही कर्मचारी, बजार क्षेत्रका स्थानीय सहित नेताहरु रहेका थिए ।

समुदायमा कोरोनाको जोखिम बढेसंगै जिल्लाभर परीक्षणको दायरा बढाइदा पछिल्लो एक सातायता इनरुवा क्षेत्रमा समेत पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ ।
आज स्वाब संकलन गरिएकाहरुमा अधिकांशजसो इनरुवाका स्थानीय व्यापारी तथा नेतामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगको कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरु थिए ।

८० जना संक्रमित सँगको कन्ट्याकको आधारमा स्वाब संकलन गरिएको बुझिएको छ । कोरोना पोजेटिभ पाइएका पुरुष सँगको सम्पर्क भएको भनिएका अझै दर्जन बढीले आफुहरुको समेत परीक्षण गरिनु पर्ने माग गरिरहेको स्वास्थ्य शाखा इनरुवाले जनाएको छ ।बसपार्कमा स्वाब संकलन गर्न पुग्नेहरुमा संक्रमित पुरुषको परिवार सहित जिल्ला तहका मात्रै नभएर प्रदेशमा प्रतिनिधित्व गर्ने र संघीय सांसद समेत रहेका व्यक्ति र उनिहरुको परिवारका सदस्यहरु रहेका थिए ।

बसपार्कमा दुई वटा बुथबाट स्वाब संकलन गरिएको थियो । स्वास्थ्य शाखाका सन्तोष देवका अनुसार संकलित सबै स्वाब परीक्षणकालागि बिराटनगर पठाइएको छ । दुई, तीन दिन भित्रमा रिपोर्ट आउन सक्ने उनले बताए ।इनरुवाका संक्रमित भनिएका नेता नेपाली कांग्रेस आवद्ध व्यक्ति हुन् । उनले आफुमा संक्रमण पुष्टि भए लगत्तै आफ्नो सम्पर्कमा रहेका र आफुले नाम टिपाउन छुटाएका हरुलाई स्वाब परीक्षण गराउन सल्लाह दिएका थिए ।

महाधिवेशन तयारीकालागि अन्य नेताहरुसँगै कोरोनाको संक्रमण पुष्टि भएका औषधी व्यवसायी समेत रहेका योगेन्द्रप्रसाद मेहता कार्यकर्ता प्रशिक्षणका क्रममा विभिन्न वडा तथा गाउँ पुगेकाले समेत उनीसँगको कन्ट्याक ट्रेसिङको नामावली लामो देखिएको छ । सोही आधारमा बसपार्कमा स्वाब दिन पुग्नेहरुमा विभिन्न ओहदाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0
https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2
https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2








