कोभिड अस्पतालहरुमा संक्रमित राख्न वेड अभाव हुन थालेपछि सुनसरीमा वैकल्पिक व्यवस्था गर्न थालिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुलाई राख्न सुनसरीमा खाली भवनको खोजी थालिएको छ ।

वेड अभावका कारण संक्रमितले होम आइसोलेसनमै बस्नु पर्ने अवस्था देखिएपछि पोजेटिभ पाइएका व्यक्तिहरुको उचित व्यवस्थापनकालागि विकल्प खोज्न थालिएको हो । स्वास्थ्य कार्यालय सुनसरीले संक्रमितलाई सुरक्षित साथ राख्नको लागि अस्पताल र होम आइसोलेसनको विकल्प तयार पार्न सरोकारवालाहरु बिच समन्वय र सहकार्यको खाँचो औल्याएको छ ।कार्यालय प्रमुख सागर प्रसाईले अस्पतालहरुमा वेड अभाव र होम आइसोलेसन जोखिम पूर्ण हुने सम्भावना रहने हुँदा संक्रमित राख्न छुट्टै व्यवस्था मिलाउन आवश्यक रहेको बताए । प्रसाईले हरिनगरमा रहेको भुटाहा जेनरल हस्पिटल आइसोलेसन वार्डका लागि उपयुक्त रहेको बताएका छन् । सो विषयमा सुनसरी प्रशासनलाई समेत आफुले जानकारी गराएको प्रसाईले बताए ।

भुटाहाको जेनरल हस्पिटल केहि वर्ष पहिला अस्पताल संचालन गरिएको भवन हो । जहाँ वेड सहित खानेपानीका साथै शौचालय जस्ता पर्याप्त संरचना रहेकाले समेत उक्त भवन उपयुक्त रहने स्वास्थ्य कार्यालयको ठम्याई छ । हाल क्वारेन्टिनका रुपमा प्रयोगमा रहेको सो भवनलाई कोभिड १९ को मापदण्ड अनुसार व्यवस्थापन गरी आइसोलेसन कक्षका रुपमा संक्रमितलाई राख्नकालागि प्रयोगमा ल्याउन सकिने कार्यालयले जनाएको छ । उता जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमित राख्ने वैकल्पिक व्यवस्थामा जुटेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले खाली रहेका क्वारेन्टिन र भवनहरु खोजी कार्य जारी रहेको बताए । उनले भुटाहाको क्वारेन्टिन संचालनमा रहेको भवन प्रयोगमा ल्याउने बारेमा प्रकृया अघि बढाइएको जानकारी दिए ।

https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0

https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2

https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia