- बिरेन्द्र शाह

इनरुवा नगर प्रमुख तथा हरिनगर गाउँपालिका प्रमुखले नेपाल सरकारबाट प्रदान गर्ने सुप्रवल जनसेवाश्री मानपदवी २०७८ बाट सम्मानित हुनेभएका छन। गणतन्त्र दिवसको अवसर पारेर सुनसरी जिल्लाका दुई जनप्रतिनिथिले उक्त सुप्रवल जनसेवाश्री २०७८ बाट सम्मानित हुने भएका हुन।

इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मिया अन्सारी स्थानिय तहमा निर्वाचित भए पश्चात जनताप्रति समर्पित भै आ-आफ्नो कार्यक्षेत्रमा गरेको कार्यलाई मुल्यांकन गर्दै राष्ट्रपतिबाट सम्मान प्रदान गरिने भएको हो। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महानुभावहरुलाई सम्मान स्वरुप विभिन्न मानपदवी, अलंकार र पदकहरु प्रदान गरेको हो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia