- बिरेन्द्र शाह

नेपाल-भारत मैत्री संघ जिल्ला कार्यसमिती सुनसरीले सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। संविधान दिवस २०७८ को उपलक्ष्यमा नेपाल-भारत मैत्री संघले इनरुवाको स्वर्गद्वारी घाटमा सरसफाइ तथा वृक्षारोपण गरेको हो। इनरुवा नगरपालिकाको सहयोग, स्वर्गद्वारी घाट निर्माण समितिको सहकार्य तथा नेपाल-भारत मैत्री संघको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

विगत वर्षहरुमा नेपाल-भारत मैत्री संघले विभिन्न कार्यक्रमहरुको आयोजना गरि संविधान दिवस मनाउदै आएकोमा यस वर्ष ठुलो भेला नगरि समित व्याक्तिहरुको उपस्थितिमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको संघका सचिव गिरिराज अटलले बताए।

कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरप्रमुख राजन मेहता रहेका थिए भने नेपाल-भारत मैत्री संघका निवर्तमान अध्यक्ष हेमराज पोखरेलले अध्यक्षता गरेका थिए। प्रमुख अतिथि मेहताले हाम्रो संविधानले महिलालाई उच्च सम्मान गरेको बताएका थिए। देशको संविधानले महिलाको हक र अधिकारलाई सुनिश्चित गरेको बताएका थिए। दुई देश बिचको सम्बन्धलाई अझ मज्बुत बनाउने यस नेपाल-भारत मैत्री संघले आगामी दिनमा महिला मैत्री कार्यक्रमहरु गर्नेु पर्ने सुझाव समेत दिए। संघका वरिष्ठ सल्लाहाकार अधिवक्ता रामप्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न जातका पचास वटा विरुवा रोप्नुका साथै विरुवामा घेरा समेत लगाइएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia