- अमर काफ्ले

कोशी टप्पुमा विश्व सिमसार दिवस मनाइएको छ । दिवसको अवसरमा आरक्षको सुनसरी र सप्तरी दुवै तर्फको भूभागमा विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा सुनसरी तर्फ आरक्ष हाता भित्र पत्रकारहरुसँग अन्तरकृयाको आयोजना गरिदा सप्तरीको पथरी भन्ने स्थानको कोशी खण्डमा भने चितवनबाट ल्याइएका २० वटा घडियाल गोही छाडिएको छ ।

सप्तरी तर्फको कार्यक्रममा प्रदेश १ र मधेश प्रदेशका मन्त्री लगायत सरकारी पदाधिकारीहरुको उपस्थिति थियो । कोशी टप्पु आरक्षमा भने कोशी टप्पु लर्निङ ग्राउण्डले सिमसार दिवसको सन्दर्भमा पत्रकारहरुसँग अन्तरकृयाको आयोजना गरेको थियो ।दुवै कार्यक्रममा सहभागिहरुले मासिदै गएको सिमसारको संरक्षणमा जोड दिएका छन । कार्यक्रममा अव्यवस्थित दोहनसँगै मिचाहा प्रजातीको प्रकोप जस्ता कारणले सिमसार संकटमा परेकाले संरक्षणमा सबैको अपरिहार्यता माथि जोड दिइएको छ ।कार्यक्रमका क्रममा सहभागिहरुले सिमसार आसपासका खेतबारीमा बढ्दो विषादीको प्रयोग, अव्यवस्थित माछा मारिनु र मानवीय कृयाकलापहरु प्रकृति र सम्पदा संरक्षण विपरित देखिएको बताए । उनीहरुले बढ्दो संकटको बेलैमा समाधान खोजिनु पर्ने औल्याए ।

सुनसरी तर्फ आरक्ष हाताभित्र आयोजित कार्यक्रममा कोशी टप्पु लर्निङ ग्राउण्डका अध्यक्ष तथा संरक्षणकर्मी राजकुमार सिंहले बढ्दो चुनौतिसँगै सिमसार क्षेत्र संरक्षणको कार्य कठिन बन्दै गएको बताए । उनले मानवीय अतिक्रमण सँगै मानव सृजित क्रियाकलाप र अव्यवस्थित दोहनले सिमसार क्षेत्र मासिदै गएकाले संरक्षणमा ठोस योजनाको खाँचो रहेको बताए ।दिवसको अवसरमा आयोजित कार्यक्रममा संरक्षणको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुले सिमसार संरक्षणको खाँचो र अपरिहार्यताका बारेमा धारणा राखेका थिए । उनीहरुले संरक्षणका सवालमा बेलैमा ठोस कदम चाल्न नसकिए सिमसारको अस्तित्व गुम्ने तर्फ चिन्ता व्यक्त गरेका थिए ।नेपालमा सिमसार दिवस सन् १९९७ देखि मनाउन थालिएको हो । हालसम्म नेपालका १० सिमसार रामसार सूचिमा सूचिकृत छन । १९८७ मा अन्र्तराष्ट्रिय महत्वको रामसारमा सूचिकृत कोशी टप्पु वन्यजन्तु आरक्ष नेपालको पहिलो र ठूलो रामसार समेत हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia