इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमाले द्वारा भ्रष्टाचार विरुद्धको विषयमा विरोध सभा गर्दै केही समय चक्काजाम समेत गरेका छन्। लौकही बजारको मुख्य चोक स्थित पुर्व पश्चिम राजमार्गमा चक्काजाम गरेको हो।

कोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले व्यापक भ्रष्टाचार गरेको साथै आ-आफनै नातागोता, कार्यकर्ताहरुलाई विभिन्न पदमा भर्ती गरेको भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्ध नारा बाजि गर्दै पुर्व पश्चिम राजमार्ग करिब आधाघन्टा सम्म जाम गरेका थिए । कोशी गाउँपालिकामा गरिव तथा निमुखा जनताकोलागि आवास कार्यक्रम अन्तर्गत वडा न.२ का कार्यवाहक अध्यक्ष द्रोपती देवि साहले दस देखी एघार हजार रुपैयाँ लिइएको कुरा वाहिरीएको थियो। साथै विभिन्न कार्यक्रम मार्फत समेत आफनै आफन्त तथा परिवारका व्याक्तिहरुको नाम रकम निकासा गरेको कुराहरु वाहिरीएपछी चोतर्फी विरोध पश्चात कार्यवाहक वडा अध्यक्ष साह लाई पालिकले निलम्बित गरेको थियो।

विरोध सभामा भ्रष्टाचारिलाई कार्बाहीगर, जनताको दुरुपयोग बन्दगर, स्थानीय सरकार मुर्दावाद, निष्पक्ष छानबिन समिति गठन गर लगायतका नारा लगाउदै विरोध जनाएका थिए।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य रमेश यादव, रामचन्द्र यादव, प्रदेश कमिटी सदस्य जफर जमिली, भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष राम कुमार मेहता, सचिव हातिम अन्सारी, मुनीलाल मेहता लगायतका नेता तथा कार्यकर्ताहरुको विरोध सभामा उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia