नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिद्वारा इनरुवा नगरपालिकामा विरोध तथा तालाबन्दीको कार्यक्रम घोषणा गरि पुनः आन्दोलन जारी राखेको छ ।इनरुवा नगर क्षेत्रमा रहेका बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई इनरुवा नगरपालिकाले नेपाल सरकारले तोकेबमोजिमको पारिश्रमिक हालसम्म उपलब्ध नगराएको सम्बन्धमा नेपाल राष्टिय प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिले पुनः देहाय बमोजिमको आन्दोलनका चरणहरु राखि आन्दोलन जारी राखेको छ ।

फाल्गुन १६ गते सोमबार इनरुवा नगरपालिकामा नाराजुलुस सहित धर्ना तथा नगरपालिका घेराउ कार्यक्रम सम्मन्न गरेको छ । फाल्गुन १८ गते बुधबार इनरुवा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरि नगरका सबै प्र.अ. तथा सरोकारवालाहरुसँग समन्वय गर्ने भएको छ । फाल्गुन २० गते शुक्रबार इनरुवा नगरपालिकामा तालाबन्दी तथा र्याली जुलुसको कार्यक्रम राखिएको नेपाल राष्टिय प्रारम्भिक बालविकास शिक्षक तथा विद्य्रालय कर्मचारी संघर्ष समिति इनरुवाका अध्यक्ष सोनु राणा मगरले बताउनु भयो । बालबिकास शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता (पारिश्रमिक) सम्बन्धमा नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमा न्युनतम पारिश्रमिक रु १५,००० (पन्ध्र हजार मात्र) मध्ये स्थानिय तहबाट रु ७,००० (सात हजार मात्र) दिने घोषणा गरिएकोमा उक्त सम्बन्धमा इनरुवा नगर क्षेत्रभित्रका सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत बालबिकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई इनरुवा नगरपालिकाद्वारा पारिश्रमिक उपलब्ध नगराईएकाले विगत केहि समयदेखी संघर्ष समिसित आन्दोलनरत रहेको छ ।

विगत केहि समयदेखी आन्दोलनरत संघर्ष समितिले नाराजुलुस, विरोध प्रर्दशन र नगरपालिकामा धर्ना तथा ताला लगाउने कार्य गरेपनि नगरपालिकाबाट कुनै किसिमको ठोस प्रतिकृया अहिलेसम्म आएको छैन । पटक पटक बार्ताको लागि ७ सदस्य बार्ता टोलि गठन गर्दा समेत इनरुवा नगरपालिकाको तर्फबाट कुनै किसिमको छलफल तथा सुनुवाई नगरेकोले फाल्गुन १५ गतेदेखी पुनः आन्दोलन गर्न बाध्य बनाएको नेपाल राष्टिय प्रारम्भिक बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समिति इनरुवाका अध्यक्ष सोनु राणा मगरले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia