- सुरेन्द्र मेहता

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरले महाशिव रात्रिको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ । प्रत्येक बर्ष महाशिव रात्रिको अवसरमा निकाल्ने गरिएको कलश यात्रा यस बर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ।

आज मंगलबार महा शिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरमा कलश यात्रा गरि जल अर्पण गरिएको मन्दीर समितिले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका १ र इनरुवा नगरपालिका ८ सिमाना स्थित रहेको झुलेङ्गे पुल सुनसरी खोला घाटबाट भक्तजनहरु जल भरी पैदल यात्रा गर्दे जलेश्वर शिव मन्दिरमा जल अर्पण गरिएको छ । महा शिवरात्रीको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि जलेश्वर शिव मन्दिरमा महाशिवरात्री महोत्सवको आयोजना गरिएको मन्दिर समितिका अध्यक्ष उमेश कुमार मेहताले जानकारी दिए। कलश यात्रामा भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न. १ र २ वडाका स्थानीय भक्तजनहरु कलश यात्रामा सहभागी भएका थिए।

कलश यात्रा जलेश्वर शिव मन्दिर समिति र गाउँ तथा बजारका युवा बुद्ध जिविहरुको आयोजनामा मंगलवार बिहान ८ बजे १०१ कन्या कुमारीहरु द्वारा कलश यात्रा सुभारम्भ भएको थियो। जलेश्वर शिव मन्दिरको अगाडि देखी वडा न. २ को मेहता टोल हुँदै भक्तजनहरु जम्मा ६ किलोमिटर पैदल यात्रा गर्दे कलशको जल जलेश्वर शिव मन्दिरको शिव लिङ्गमा अर्पण गरिएको आयोजक समितिले जनाएको छ । महाशिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरले कलश यात्रा सम्पन्न गर्दे मंगलबार साझको ५ बजे देखि २४ घण्टा हर भोला हर शिव मन्त्रको उच्चारणबाट अष्ट्याम समेत सम्पन्न गरिने मन्दिर समितिका सचिव जयप्रकाश ठाकुरले बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia