जनसेवा मिडिया प्रालिका अध्यक्ष अख्तर हुसेनले ४ सय घरका परिवारैलाई कपडा वितरण गरेका छन ।संचार व्यवसायी हुसेनले विपन्न र गरिव परिवार छनौट गरी कपडा बाँडेका हुन ।



हरिनगर ६ घुस्कीको अर्नमा स्थित निवासमा औपचारिक कार्यक्रमको आयोजना गरी हुसेनले स्थानीयलाई तयारी कपडा (लुगा) वितरण गरेका हुन ।
कपडा वितरण कार्यक्रममा अधिकांश महिलाको सहभागिता रहेको थियो ।

स्थानीय अगुवाको सहयोगमा गरिव तथा विपन्न परिवार छनौट गरी सम्वन्धित परिवारलाई कपडा वितरण गरिएको अध्यक्ष हुसेनले बताए । उनले मानवीय सेवाको भावनाले विपन्न र गरिव परिवारलाई सहयोग प्रदान गरेको बताए ।मिडिया प्रालीका अध्यक्ष हुसेनका अनुसार दर्जी खटाएर घरलौरी परिवारका सदस्यको नाप लिइएको थियो । सोही आधारमा सिलाएर तयार पारिएको सर्ट,पेन्ट र कुर्ता सलवार औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वे, समाजसेवीतथा नेता डा.खालिद हुसेन र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमद लगायतको उपस्थिति रहेको थियो । इनरुवाको प्रतिक्षण दैनिक र एडभान्स एफएम जनसेवा मिडिया प्रा.लि.मातहत रहेर प्रकाशन तथा प्रशारणमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia