इनरुवामा आजबाट रात्रिकालीन भलिबल प्रतियोगिता संचालन हुँदैछ ।फुलबारी क्रिकेट क्लबले आयोजना गरेको पालिका स्तरीय मेयरकप भलिबल प्रतियोगिताका खेलहरु आज साँझबाट सुरु हुन लागेको हो ।

प्रतियोगितामा सुनसरीको गढी र बर्जु गाउँपालिका बाहेकका अन्य १० स्थानीय तहले भाग लिएका छन । प्रतियोगिता अन्र्तगत आज हुने उद्घाटन खेलमा इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाको टिमबीच खेल हुनेछ ।आयोजकले पत्रकार सम्मेलनका दिएको जानकारी अनुसार प्रतियोगिताको बिजेताले शिल्ड र प्रमाणपत्र सहित नगद ३१ हजार पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी उपबिजेता टिमले २१ हजार रकम प्राप्त गर्नेछ ।

आयोजक फुलबारी क्रिकेट क्लबका अध्यक्ष शिबु यादवका अनुसार कोरोना महामारी र अर्थ अभावले क्रिकेट खेल आयोजना गर्न नसक्दा भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेलको भावनालाई जीवन्त राख्नकालागि आफुहरुले प्रतियोगिता आयोजना गरेको बताए ।प्रतियोगिता इनरुवा २ स्थित फुलबारी भलिबल मैदानमा आयोजना हुँदैछ । प्रतियोगिता संयोजकमा संजय यादव र बिवेक खतिवडा रहेका छन । प्रतियोगिताको फाइनल खेल भने चैत्र १५ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia