- सुरेन्द्र मेहता

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीयहरुले गाउँपालिकामा महिलालाई मुख्य नेतृत्व दिनुपर्ने अवाज उठाएका छन् । तत्काालिन समाजवादी फोरम नेपालबाट स्थानीय तह निर्वाचन २०७४ मा उपाध्यक्ष पदमा चुनाव जितेकी पुनम कुमारी मेहतालाई यस पटकको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा चुनाव भिड्नका लागि मतदाताहरुले गाउँघर देखी अवाज उठाउन थालेका छन् ।

गाउँपालिकामा पाँच वर्षको कार्य अनुभव र ८ महिनाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गरेकी वर्तमान उपाध्यक्ष पुनम कुमारी मेहतालाई यस पटकको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा उठाउनु पर्ने माग बाहिर आएको छ । जिम्मेवारीको हिसाबले योग्य इमान्दार र जिम्मेवारी प्रति प्रतिवद्ध रहेकी मेहतालाई अध्यक्षको पदमा उम्मेदवारी दिन मतदाताले सुझाव सहित सम्बन्धित पार्टीलाई टिकट दिनका लागि समेत आग्रह गरेका छन् ।

उनले गाउँपालिकामा तुल्नात्मक रुपमा विकास, सुशासन र समृद्धिका लागि महिलाको नेतृत्व आवश्यक रहेको भन्दै यस पटकको स्थानीय तह निर्वाचन २०७९ मा अध्यक्षमा उठाउनुपर्ने स्थानीय राधा कुमारी यादव लगायतका मतदाताहरुले सामुहिक माग राखेका छन् । समुदायमा असल छवी बनाएकी वर्तमान उपाध्यक्ष मेहतालाई अध्यक्ष बनाउनुपर्ने होइन् भने उपाध्यक्षमा पुनः दोहोर्यानुपर्ने तर्क स्थानीय मतादाताहरुको रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा वर्तमान भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारीलाई जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिन मतदाताहरुले केही दिन यता माग उठन थालेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia