कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउने व्यवस्था गनुपर्ने बताइएको छ । सोमबार कञ्चनरुप ८ बेरियरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मधेश प्रदेश कार्यालय जनकपुरधामको सहयोगमा एन.एस.कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियररिङ्ग प्रालि इनरुवा सुनसरीको आयोजनामा कम्प्युटर हार्डवेयर टेक्निसियन सम्बन्धी तालिम उद्घाटनमा पत्रकार भोलाकुमार पासवानले सो कुरा बताएका हुन् ।

कञ्चनरुपम नगरपालिका–८ बेरियरमा एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरिएको छ । कञ्चनरुप नपा–८ का वडाअध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै भोलाकुमार पासवानले कञ्चनरुप नगरपालिकामा प्राबिधिक शिक्षा सम्बन्धी एउटा छट्टुै विभाग हुनुपर्ने र यूवाहरुले इच्छाइएको सीपसँगै स्वरोजगार बनाउन पूजीको व्यवस्था गर्नुपर्ने बताए ।

पत्रकार समेत रहेका पासवानले भने,‘घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउनेगरि व्यवस्था गर्नुपर्छ ।’ उनले भने,‘अहिलेका जनप्रतिनिधि सीपमूलक तालिमलाई कम महत्व दिएको छ, वर्षमा एकआध तालिम गरेपनि पैसा पचाउँने किसिमले मात्रै गर्ने गरेको छ। भिजन भएका यूवाले मात्रै नगरपालिकामा पढेलेखा युवालाई लोकसेवा लगायतका तालिम दिएर रोजगारीको अवसर उपलब्ध गराउन सहयोग गर्नुपर्छ।’

तालिममा कञ्चनरुपका २० जना युवाहरुको सहभागिता रहेको छ। आयोजक संस्थाका प्रवन्ध निर्देशक विरेन्द्र शाहले सहभागिहरुलाई ३९० घण्टाको तालिम दिएर राष्ट्रिय सीप परीक्षण बोर्डबाट सीप परीक्षण समेत गरिने बताए । कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षक विरेन्द्र साह र कञ्चनरुप व्यापार संघका सचिव शशी साहले समेत शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia