लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी सहितका निर्वाचित जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानअनुसार शुक्रबार उनीहरूले सामूहिक राजीनामा दिएका हुन । कोसी गाउँपालीका आयोजना गरेको विदाई तथा फेरि भेटौला कार्यक्रममा गाउँपालीका अध्यक्ष अन्सारी,उपाध्यक्ष अनिता यादव,वडा नम्बर ३ का वडाध्यक्ष सुलेमान मन्सुरी,४ का वडाध्यक्ष अमिन मियाँ नेपाली, ५ का वडाध्यक्ष साह जमाल,७ का वडाध्यक्ष रामचन्द्र महतो कोइरी,८ नम्बर वडाका वडाध्यक्ष विन्देश्वरप्रसाद यादवलगायत वडा सदस्य तथा कार्यपालिका सदस्यहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उपाध्यक्ष अनिता यादवलाई र उपाध्यक्ष अनिता यादवले अध्यक्ष ऐयुब अन्सारीसमक्ष राजीनामा बुझाएका थिए भने वडाध्यक्ष,कार्यपालिका सदस्य तथा वडा सदस्यहरुले गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाललाई राजीनामा पत्र बुझाएका हुन । विदाई कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीकाका अध्यक्ष अन्सारीले पाँच वर्ष निष्पक्ष तवरबाट विवादरहित माहोलमा काम गर्न सहयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारीलाई धन्यवाद दिए । निर्वाचित भएर आएपछि लथालिङ्ग अवस्थामा रहेको कोसी गाउँपालीका मा शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,भौतिक पूर्वाधार,सडक बाटो का साथै जनताको मर्म र भावनाअनुसार चौतर्फी विकास निर्माणकार्य गर्न सफल भएको उनको भनाइ छ । विभिन्न राजनीतिक दलहरुबाट टिकट पाएर जनप्रतिनिधि निर्वाचित भएर आएपनि सबैलाई समेटेर आफूबाट जनताले गरेको अपेक्षा पूरा गर्न सफल भएको अध्यक्ष अन्सारीले बताए । आफू सबैको अध्यक्ष भएर बफादार र पारदर्शी तवरबाट काम गरेकाले पाँच वर्षको अवधिमा काम गर्न कुनै समस्या नआएको उनको भनाइ छ ।

जनप्रतिनिधि र कर्मचारीबीच पारिवारिक माहोल बनेको हुँदा जनताको काम छिटोछरितो गर्न सफल भएको अध्यक्ष अन्सारीले बताए । कार्यक्रममा उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,लेखा अधिकृत सुरप्रसाद दंगाल,वडाध्यक्षहरु राजकुमार साह,सुलेमान मन्सुरी,अमिन मिया नेपाली,साह जमाल,रामचन्द्र महतो कोइरी,विन्देश्वरप्रसाद यादवलगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव,वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाई प्रशंसापत्रसहित सम्मान समेत गरियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia