अमर काफ्ले/ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनकोलागि इनरुवामा ३ सय ३६ जनाको उम्मेदवारी परेको छ ।
अबेर राती सम्म चलेको मनोनयन दर्ताको क्रममा ५२ पदको लागि पार्टी र स्वतन्त्र गरी सो संख्यामा उम्मेदवारी परेको हो ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवाको नगर प्रमुख पदमा १६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उप प्रमुखमा १३ जनाले मनोनयन दर्ता गराएका छन ।
यसैगरी नगर भित्र रहेका १० वटा वडा तर्फ अध्यक्षमा कुल ८७ जनाको उम्मेदवारी परेको छ । जसमा १ नम्बर वडामा ८ जना, २ नम्बरमा १६ जना, ३ नम्बरमा ८ जना, ४ नम्बरमा ९ जना, ५ नम्बरमा ९ जना , ६ नम्बरमा ८ जना, ७ नम्बरमा ९ जना, ८ नम्बरमा ७ जना, ९ नम्बरमा ६ जना र वडा नम्बर १० मा ७ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्य तर्फ १ मा १३ जना, २ मा ११ , ३ मा १३, ४ मा १५, ५ मा ९, ६ मा १२, ७ मा १०, ८ मा ११, ९ मा १२ र १० नम्बरमा १० जनाको उम्मेदवारी परहेको छ । १० वडामा गरी जम्मा २० जना खुल्ला सदस्यमा ११६ जनाको उम्मेदवारी परेको छ ।
महिला सदस्य तर्फ १० पदमा ५५ जनाको उम्मेदवारी परेको छ । १ नम्बरमा ८ जना, २ मा ५, ३ मा ६, ४ मा ६, ५ मा ४ , ६ मा ७ , ७ मा ४ , ८ मा ६, ९ मा ५ र १० मा ४ जना छन।
यसैगरी दलित महिला सदस्य तर्फ १० पदमा ४९ जनाको मनोनयन दर्ता भएको छ । १ मा ७ जना, २ मा ४ जना, ३ मा ६ जना, ४ मा ६ जना, ५ मा ४ जना, ६ मा ५ जना, ७ मा ४ जना, ८ मा ४ जना, ९ मा ५ जना र १० मा ४ जनाको उम्मेदवारी परेको छ ।
इनरुवाको नगर प्रमुखमा उम्मेदवारी दिनेहरु :

सरोज कुमार पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले), केदार भण्डारी नेपाली काँग्रेस, बिमला पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), दिलिपचन साहु जनता समाजवादी पार्टी, चुन्नी खातुन लोकतान्त्रिक समाजवादी पार्टी, बसन्त सुवेदी नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी), चन्देश्वर चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी, संजिव कुमार चौधरी जनमत पार्टी, जुरीलाल मोची नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी रहेका छन । राजु नन्दी विवेकशील साझा पार्टी, सुनिल कुमार साह हलवाई नेपाल कम्युनिष्ट पार्टी ( माक्र्सवादी लेलिनवादी) रहेका छन । त्यसैगरी नगर प्रमुखको पदमा स्वतन्त्र उम्मेद्वारी दिनेमा गोपाल मेहता, गोपाल प्रसाद कोइराला, अम्बर बहादुर श्रेष्ठ र निकेश पोखरेल रहेका छन ।
इनरुवाको उप प्रमुखमा उम्मेदवारी दिनेहरु :
उप प्रमुख तर्फ सहजादी प्रविण एमाले, बिनिता कुमारी मेहता नेपाली काँग्रेस, ओमकार दाहाल माओवादी केन्द्र, सरिता कुमारी यादव जसपा, दिपलाल सिंह खवास लोकतान्त्रिक समाजवादी, यशोदा कंडेल नेकपा एकीकृत समाजवादी,संजु उराव राप्रपा, कल्पना कुमारी कर्ण नेपाल जनता दल, कल्पना देवी महतो जनमत पार्टी, रामसी देवी चौधरी नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी रहेका छन । उप प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेहरुमा सुमन राय, उषा थापा मेहता र बिनिता दाहाल रहेका छन ।
इनरुवाको वडा तर्फ अध्यक्षमा उम्मेदवारी दिनेहरु :
वडा अध्यक्ष तर्फ १ नम्बर वडामा चेतप्रसाद अधिकारी एमाले, प्रमोद कुमार पोखरेल काँग्रेस, गुणराज सुवेदी माओवादी केन्द्र, पुकार श्रेष्ठ राप्रपा, मनोज कुमार साह लोकतान्त्रिक समाजवादी, संतोष कुमार पोद्दार जनमत, सिंहेश्वर मेहता जसपा र लक्ष्मी प्रसाद साह हलवाई स्वतन्त्र रहेका छन ।
२ नम्बर वडामा विश्वनाथ ठाकुर एमाले, रञ्जेश भट्टराई काँग्रेस, ध्रुव नारायण पंडित माओवादी केन्द्र, शिवनारायण पंडित जसपा, देबेन्द्र्र कुमार राई राप्रपा, बिन्देश्वर साह जनमत पार्टी रहेका छन । सो वडामा स्वतन्त्र तर्फ दशन कुमाल, देवनारायण सुतिहार, प्रकाश मेहता, बबिता स्वर्णकार, भुपेन्द्र सिंह यादव, योगेन्द्र प्रसाद शर्मा, लक्ष्मी महतो, शम्भु ठाकुर, सुजित राना मगर र सुरेन्द्र महतो रहेका छन ।
३ नम्बर वडामा रमेश कुमार श्रेष्ठ एमाले, रोशन कुमार खड्का काँग्रेस, सुभाष तिम्सिना माओवादी केन्द्र, श्याम कुमार श्रेष्ठ राप्रपा, पर्शुराम चौधरी जसपा, सुवास राई एकीकृत समाजवादी, सन्तोष कुमार दाहाल नेकपा माक्सवादी लेलिनवादी र सितोष कुमार पोखरेल स्वतन्त्र उम्मेदावरी दिएका छन ।
४ नम्बर वडामा राजेश मेहता एमाले, जितेन्द्र यादव काँग्रेस, बद्री मण्डल धानुक राप्रपा, बौवालाल मेहता लोसपा, महेश्वर महतो जसपा, लोमस मेहता जनमत, सूर्यनारायण मण्डल एकीकृत समाजवादी, सूर्य नारायण यादव माओवादी केन्द्र र राजदेव चौधरी स्वतन्त्र रहेका छन ।
५ नम्बरमा गोपीकृष्ण ढकाल एमाले, अनिल कुमार पोखरेल काँग्रेस, अञ्जनी कुमार पोखरेल स्वतन्त्र, कलाधर पोखरेल स्वतन्त्र, टंक प्रसाद पोखरेल स्वतन्त्र, दिपनारायण श्रेष्ठ माओवादी केन्द्र, प्रमोद कुमार मण्डल जनमत, बुधनारायण चौधरी राप्रपा र रामनारायण चौधरी स्वतन्त्र रहेका छन ।
६ नम्बर वडामा वडा अध्यक्षको लागि उम्मेदवारी दिनेमा लक्ष्मण बहादुर कार्की एमाले, सुमन थापा काँग्रेस, झबु्र चौधरी माओवादी केन्द्र, तेजनारायण चौधरी लोसपा, नेत्र कुमार श्रेष्ठ नेकपा माओवादी समाजवादी, बलराम चौधरी राप्रपा, लक्ष्मण साहु जसपा, बिनोद कटुवाल एकीकृत समाजवादी रहेका छन ।
७ नम्बर वडामा सजनलाल चौधरी एमाले, हिक्मत सिंह खवास काँग्रेस, अवध नारायण चौधरी राप्रपा, एकराज राजधामी जसपा, झेली खवास स्वतन्त्र, दुगे्रेस कुमार चौधरी माओवादी केन्द्र, नन्दी सरदार जनमत, प्रकाश चौधरी स्वतन्त्र, विलट चौधरी स्वतन्त्र रहेका छन ।
८ नम्बर वडामा अशोक कुमार साहु तेली एमाले, रविन्द्र मण्डल काँग्रेस, अनिरुद्र साह राप्रपा, राजधनी मण्डल माओवादी केन्द्र, रामदेव महतो लोसपा, बिनोद कुमार मेहता जसपा, बिरेन्द्र पंडित जनमत पार्टी रहेका छन ।
९ नम्बर वडामा बसिरमुद्दिन मंसुरी एमाले, कृष्णदेव मेहता काँग्रेस, लक्ष्मण यादव माओवादी केन्द्र, बिन्देश्वर साहु स्वतन्त्र, सकुन्ती देवी साह जनमत र सत्यनारायण मण्डल जसपा रहेका छन ।
१० नम्बर वडामा महमद सुल्तान मिया एमाले, महमद खलिल अख्तर काँग्रेस, इनुस मंसुरी राप्रपा, एयुब मिया स्वतन्त्र, जलाउद्दिन मिया लोसपा, मो. मोखतार आलम माओवादी केन्द्र र सुदिन मिया नेकपा माओवादी समाजवादीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले जनाएको छ ।

इनरुवाको वडा तर्फ खुल्ला सदस्यमा उम्मेदवारी दिनेहरु :
खुल्ला सदस्य तर्फ वडा नम्बर १ मा निम्न उम्मेद्वारले मनोनयन दर्ता गराएका छन । जोगेन्द्र साह र अशोक कुमार पोद्दार एमाले,दिलीप पोद्दार र प्रदीप ढकाल नेपाली काँग्रेस, बिनोद पोद्दार माओवादी केन्द्र, राजकुमार गुप्ता र अशोक कुमार यादव जसपा, विष्णुदेव मेहता र राजिव साह लोसपा, संजोक पाण्डे र हरि प्रसाद दाहाल राप्रपा, प्रमोद प्रसाद साह जनमत र दिलबहादुर परियार स्वतन्त्र रहेका छन ।
वडा नम्बर २ मा शिव कुमार पंडित र गिता देवी साह एमाले, राजन मेहता र बिरेन्द्र कुमार मेहता नेपाली काँग्रेस, सन्तोष यादव र बिमला देवी मण्डल जसपा, रजाबुल मिया राप्रपा, रामलखन पंडित र सुब्बालाल महतो जनमत, जाहिर अली र दिवस बोहोरा स्वतन्त्र रहेका छन ।
वडा नम्बर ३ मा चेतराज पोखरेल र पोष्टराज घिमिरे एमाले, अरविन केसी र राकेश निरौला नेपाली काँग्रेस, ललन मंडल र बिजय चौधरी माओवादी केन्द्र, सीतादेवी राम र आलम महमद मिया जसपा, रितेश पोखरेल र भोला कुमार राम चमार एकीकृत समाजवादी, कैलाशा कुमार चौधरी र चन्द्र लाल चौधरी राप्रपा र राम बहादुर कटुवाल स्वतन्त्र रहेका छन ।
वडा नम्बर ४ मा हरिनारायण चौधरी राजभोर र सरोज बस्नेत एमाले, ऋतु मण्डल र राजाराम कुमाल काँग्रेस, राजकुमारी उराँव र नारायण चौधरी माओवादी केन्द्र, त्रिलोक चन्द्र गुप्ता र विसेश्वर मण्डल जसपा, पञ्चु यादव र जगरनाथ मण्डल लोसपा, रामकृष्ण पंडित एकीकृत समाजवादी, दुखीलाल मण्डल राप्रपा, अनिल कुमार साह र रामचन्द्र सरवरिया जनमत र हरिलाल खत्वे स्वतन्त्र रहेका छन ।
५ नम्बर वडामा पार्वतीराज पोखरेल र यामकुमार श्रेष्ठ एमाले, रामनारायण चौधरी र दुर्गा प्रसाद दाहाल नेपाली काँग्रेस, सिताराम चौधरी र बासुदेव महतो माओवादी केन्द्र, जगदिश मण्डल धानुक र जयलाल महतो जनमत पार्टी र छविरमण भट्टराई स्वतन्त्र रहेका छन ।
वडा नम्बर ६ तर्फ खुल्ला सदस्यमा क्रमशः गिरीचन्द्र पोखरेल र कर्णकुमार श्रेष्ठ एमाले, उत्तम कुमार कार्की र कृष्णकुमार श्रेष्ठ नेपाली काँग्रेस, हिरालाल चौधरी र प्रेम बहादुर कार्की माओवादी केन्द्र, रामचन्द्र मोची चमार जसपा, मोतीलाल चौधरी र दुर्गा नारायण चौधरी एकीकृत समाजवादी, जगदीश कुमार यादव राप्रपा, जिवन मोची र सियाराम चमार नेकपा माओवादी समाजवादी रहेका छन ।
७ नम्बरमा उमालाल सरदार र जयकुमार सिंह एमाले, रुपेश कुमार चौधरी र तवरेज आलम नेपाली काँग्रेस, रहमान मिया र अइजुब मिया माओवादी केन्द्र, बिमल खत्वे र मुकतार मिया जसपा, कैलु साहु राप्रपा र इसुफ मिया स्वतन्त्र रहेका छन ।
८ मा माधव प्रसाद मण्डल र देव नारायण महतो एमाले, जलाउद्धिन हुसेन र लक्ष्मण महतो नेपाली काँग्रेस, दुर्गानन्द यादव र संझादेवी चौधरी माओवादी केन्द्र, नारायण प्रसाद साह तेली र देव नारायण शर्मा जसपा, नछेदी महतो र नथुरलाल उराव लोसपा र चन्द्रदेव मण्डल जनमत पार्टी रहेका छन ।
९ नम्बर तर्फ रामसुन्दर मेहता र रोशन लाल शर्मा खत्वे एमाले, मनोजकुमार यादव र रामसुन्दर साहु नेपाली काँग्रेस, सुक्रु खत्वे र पार्वती देवी खत्वे माओवादी केन्द्र, दिपनारायण मेहता र प्रेमलाल उराँव जसपा, उचितलाल खत्वे राप्रपा, उमेश साहु जनमत, अबदुल सलाम र जुमराती खाँ नेकपा माओवादी समाजवादी रहेका छन ।
१० नम्बर वडा तर्फ गुलाब हुसैन मंसुरी र एहसान मिया एमाले, बसन्तलाल सरदार बातर र तैयाब मिया काँग्रेस, मजालाल वातर र असफाक अन्सारी माओवादी केन्द्र, बसिरमुद्दिन मिया र उमाशंकर गुप्ता लोसपा, लालु मिया राप्रपा र विसेश्वर सरदार स्वतन्त्र रहेका छन ।

इनरुवाको वडा तर्फ महिला सदस्यमा उम्मेदवारी दिनेहरु :

महिला सदस्य तर्फ वडा नम्बर १ मा कल्पना राजभण्डारी एमाले, कमला दाहाल काँग्रेस, किरण सार्की माओवादी केन्द्र, सोनी खातुन लोसपा, रामपरी देवी साह राप्रपा, रेखाकुमारी साह जनमत, अन्जना देवी गुप्ता राष्ट्रिय समाजवादी र अनिता प्रधान स्वतन्त्र रहेका छन ।
२ नम्बरमा अनुदेवी आले एमाले, रन्जु रेग्मी काँग्रेस, संतीता कुमारी उराँव जसपा, श्यामादेवी पंडित नेपाली जनता दल र निरु साह जनमत पार्टी रहेका छन ।
३ नम्बरमा सबिना सिग्देल एमाले, प्रतिमा भट्टराई काँग्रेस, लिलाकुमारी कोइराला माओवादी केन्द्र, सन्झा देवी मोची जसपा, अनिता सदा मुसहर एकीकृत समाजवादी र कलावती तामाङ राप्रपा रहेका छन ।
वडा नम्बर ४ तर्फ कमला कटवाल एमाले, प्रेम कुमारी घिमिरे काँग्रेस, चानादेवी मुसहर्नी माओवादी केन्द्र, राजोदेवी महतो जसपा, दिलकुमारी बस्नेत लोसपा र उर्मिला कुमारी मण्डल राप्रपा रहेका छन ।
वडा नम्बर ५ मा शारदा भट्टराई एमाले, मोहिनी बराल भट्टराई काँग्रेस, लक्ष्मी भट्टराई माओवादी केन्द्र र सोनिया देवि मेहता जनमत पार्टी रहेका छन ।
६ नम्बरमा ज्ञानु कार्की एमाले, सरिता सुवेदी काँग्रेस, मञ्जु परियार माओवादी केन्द्र, अनिता कुमारी सिंह दनुवार जसपा, कल्पना प्रसाई दाहाल एकीकृत समाजवादी, केशमाया मगर राप्रपा र संगिता मोची नेकपा माओवादी समाजवादी रहेका छन ।
७ नम्बरमा नाजो खातुन एमाले, शशिकला चौधरी काँग्रेस, कागोदेवी हरिजन माओवादी केन्द्र र पतरी कुमारी माझी स्वतन्त्र रहेका छन ।
८ नम्बरमा देवी महतो एमाले, सुमित्रा कुमारी थरुनी काँग्रेस, लिला महतो माओवादी केन्द्र, संगिता कुमारी मेहता जसपा, सरिता देवी महतो लोसपा र रेखा मण्डल जनमत पार्टी रहेका छन ।
९ नम्बर वडामा रञ्जना कुमारी चौधरी एमाले, देवकी नेपाल काँग्रेस, सरस्वती कुमारी उराव खान माओवादी केन्द्र, बिना चौधरी जसपा र सरिता खत्वे राप्रपा रहेका छन ।
वडा नम्बर १० मा महिला सदस्त तर्फ उम्मेदवारी दिनेमा सरोजिया देवी सरदार एमाले, सुमित्रा देवी ठाकुर काँग्रेस, अहिदा खातुन माओवादी केन्द्र र सरोदेवी चमार स्वतन्त्र रहेका छन ।

इनरुवाको वडा तर्फ दलित महिला सदस्यमा उम्मेदवारी दिनेहरु :

दलित महिला सदस्य तर्फ वडा नम्बर १ मा सुमित्रा नेपाली एमाले, कविता शर्मा खत्वे काँग्रेस, आशा मोते माओवादी केन्द्र, मेनुका देवी सुन्दास जसपा, बेचनी देवी शर्मा लोसपा, विष्णुमाया सुन्दास राप्रपा र चन्द्रकला विश्वकर्मा जनमत रहेका छन ।
वडा नम्बर २ मा जान्ती देवी राम एमाले, धनसरी देवी राम काँग्रेस, सविता देवी चमार माओवादी केन्द्र र जितनी देवी राम चमार जसपा रहेका छन ।
वडा नम्बर ३ मा कबुत्री सदा एमाले, ललिता कुमारी ऋषिदेव काँग्रेस, कागती देवी सदा मुसहर माओवादी केन्द्र, चनर सदा जसपा, कञ्चन परियार एकीकृत समाजवादी र समतोलिया देवी चमार राप्रपा रहेका छन ।
४ नम्बरमा फुलिया देवी सदा एमाले, सकुन देवी खत्वे काँग्रेस, धनिदेवी खत्वे माओवादी केन्द्र, भुट्टीदेवी मुसहर लोसपा, तारादेवी सरदार जनमत र मिना देवी राम जनता समाजवादी पार्टी रहेका छन ।
५ नम्बरमा सृजना विश्वकर्मा एमाले, सितादेवी खङ्ग काँग्रेस, पार्वती देवी ऋषिदेव माओवादी केन्द्र र दुलारी देवी सरदार जनमत रहेका छन ।
वडा नम्बर ६ मा सुलोचना मोची एमाले, अनुपा मोची काँग्रेस, किसनी सदा माओवादी केन्द्र, सितादेवी मोची जसपा र बिनुकुमारी सरदार एकीकृत समाजवादी रहेका छन ।
७ नम्बरमा लक्ष्मीदेवी खत्वे एमाले, रम्भुदेवी सरदार काँग्रेस, डोमनी खत्वे माओवादी केन्द्र र लिलिया सरदार जसपा रहेका छन ।
८ नम्बरमा पंचिया ऋषिदेव एमाले, सलिता सदा काँग्रेस, देवकी खत्वे माओवादी केन्द्र र तारादेवी तत्मा लोसपा रहेका छन ।
९ नम्बरमा शुशिला कुमारी शर्मा एमाले, कुसमी खत्वे काँग्रेस, पार्वती खत्वे जसपा, सावित्री कुमारी खत्वे राप्रपा र सुनिता देवी खत्वे नेकपा माओवादी समाजवादी रहेका छन ।
यस्तै वडा नम्बर १० को महिला सदस्यमा सतिया देवी खत्वे एमाले, मिरादेवी सरदार काँग्रेस, तिलिया खत्वे माओवादी केन्द्र र स्वतन्त्र तर्फ कमली देवी खत्वेको उम्मेदवारी परेको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ….।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia