trusted online casino malaysia
trusted online casino malaysia
- अमर काफ्ले

इनरुवा नगर क्षेत्र भित्र रहेका विद्यालयमा जङ्क फुड निषेध गर्न लागिएको छ । नगरपालिकाको कार्यालयले विद्यार्थीले अत्याधिक मात्रामा प्रयोगमा ल्याउने त्यस्ता खाद्य सामग्री प्रतिवन्ध गर्न लागेको हो ।

बालबालिकाको स्वास्थ्यमा नराकात्मक असर पार्ने भन्दै नगर प्रमुख केदार भण्डारीले विद्यालयमा खाजाको रुपमा हुँदै आएको जङ्क फुडको प्रयोगलाई निषेध गर्न लागिएको बताए ।नगर प्रमुख भण्डारीले वस्तुगत अवस्था अनुगमनको क्रममा अधिकांश विद्यालयमा खाजाका रुपमा विद्यार्थीले जङ्क फुडको प्रयोग गर्ने गरेको पाइएकाले सो उपर कडाई गर्न लागिएको बताए ।भण्डारीले सबै विद्यालयबाट जङ्क फुडको प्रयोग हटाउन नगर शिक्षा शाखालाई निर्देशन दिइएको बताए । उनले शाखा मार्फत विद्यालयलाई निर्देशन बारे जानकारी गराइने बताए ।भण्डारीले भने, “अधिकांश विद्यालयमा प्याकेटका खानेकुरा सँगै विभिन्न जङ्क फुड प्रयोग हुने गरेको पाइयो । जुन बालबालिकाको स्वास्थ्यको लागि अतिनै हानिकारक छ । जसलाई रोक्न नगरपालिकाले आवश्यक कदम अघि बढाउने छ ।”भण्डारीका अनुसार नगर क्षेत्रका विद्यालयलाई दिवा खाजाका रुपमा पोषिलो र सरकारी मापदण्ड अनुसारका खानेकुरा प्रयोगमा ल्याउन प्रेरित गरिने छ । उनले अटेर गर्ने विद्यालयको हकमा कार्वाहीको प्रकृया समेत अघि बढाइने बताए । नगर प्रमुख भण्डारीले विद्यालय जाने आफ्ना बालबालिकाको स्वास्थ्यको सवालमा स्वयं अभिभावक समेत सचेत र जागरुक हुनु पर्ने बताए ।

के हो जङ्क फुड …
साधारण भाषामा बुझ्दा जङ्क फुड  भनेको यस्तो खाना हो जसमा प्रयोगशालामा परीक्षण गर्दा उच्च क्यालोरी भएको त पाइन्छ तर ती खानेकुरा खाँदा प्रयोगशालामा परीक्षण गर्दा देखिने जस्तो पोषण तत्वहरु भने शरीरले प्राप्त गर्न सक्दैन ।

जङ्क फुड (पत्रु खाना) लाई विशेषज्ञहरुले क्यालोरी र फ्याट अत्यधिक मात्रामा हुने तर शरीरका लागि आवश्यक पौष्टिक तत्व नगन्य मात्रामा भएको पदार्थ मानेका छन ।सहजै र सरल तवरले उपलब्ध हुने, आर्कषक देखिने, स्वाद मिठो लाग्ने, एक पटक खाएपछि पटकपटक खान मन लाग्ने र हुदाहुदै त्यस्ता चिजवस्तु प्रति लत बढ्दै गएर दैनिक उपभोग्यका रुपमा खाजा तथा खाना समेतमा प्रयोगमा आउँछन जङ्क फुड ।

यस्ता पदार्थ अस्वस्थकर, पच्न कठिन हुने, चिल्लो, अधिक मात्रामा नुन र स्वास्थ्यमा हानी पुर्याउने किसिमका गुलियो पदार्थ मिश्रण गरी बनाएको हुन्छ । साथै जङ्क फुडमा पटक पटक खाइरहँदा बानी लाग्ने किसिमका कृत्रिम स्वाद र मन्द नशायुक्त पदार्थ समेत मिलावट भएको पाइन्छ । जुन स्वास्थ्यकालागि निकै हानीकारक छ । अझ बालबालिकाकोलागि अति हानिकारक ।

लामो समयसम्म यस्ता किसिमका खाद्य पदार्थको उपभोगले बालबालिकाको वौद्धिक शक्ति कमजोर हुने, अधिक चञ्चल स्वभाव पैदा गराउने, अस्वभाविक मोटोपन देखा पर्ने, एकोहोरो बनाउने, मानसिक सिथिलता बढाउने, वृद्धि विकासमा अवरोध पुग्ने, सागपात तथा फलफूल मन नपराउने, बढी सुत्न र अल्छिपना ल्याउने जस्ता समस्या तिम्त्याउने हुन्छ ।

आधुनिक जीवनशैलीको लोकप्रिय ‘ट्रेडमार्क’ बोकेर संसारभर फैलिरहेका तयारी तथा प्याकेटबन्द खाद्य वस्तु जङ्क फुड (पत्रु खाना) पछिल्लो समय मानव स्वास्थ्यमा रोग निम्त्याउने प्रमुख कारकका रूपमा देखा परेको छ । जसतर्फ बेलैमा सचेत हुन आवश्यक छ । जस अर्थमा समेत नगरपालिकाले चाल्न लागेको कदम सराहनीय छ । तर कार्यान्वयन भने चुनौतीपूर्ण देखिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia