प्रयोग विहिन अवस्थामा रहेको इनरुवा जेल फिल्ड(खेल मैदान) संचालनमा ल्याउन माग गर्दै नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।


लामो समय देखि मर्मत हुन नसक्दा प्रयोग विहिन बन्न पुगेको खेल मैदान संचालनमा ल्याउन माग गर्दै महासंघका तर्फबाट इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतले नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन ।
नगर प्रमुख केदार भण्डारीलाई बुझाइएको ज्ञापन पत्रमा खेल मैदान अभावमा खेलाडीहरुले अभ्यासका साथै कुनैपनि प्रतियोगिता गर्न र गराउन नपाएको उल्लेख छ ।
खेलकुदमा आफ्नो भविष्य खोज्दै गरेका युवाकालागि खेल मैदान संचालनमा ल्याइनु आवश्यक रहेकाले नगरपालिकालाई अविलम्ब पहल थाल्न ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।
साथै सो ज्ञापन पत्रमा सुनसरी बहुमुखी क्याम्पसको खेल मैदानको समेत स्तरउन्नती र व्यवस्थापनको माग गरिएको छ । ज्ञापन पत्रमा मागका सम्बन्धमा नगरपालिकाले चासो नलिए आन्दोलनमा उत्रन बाध्य हुने समेत चेतावनी दिइएको छ ।
उता ज्ञापन पत्र बुझ्दै नगर प्रमुख भण्डारीले खेल मैदान मर्मत गरी संचालनमा ल्याउन आफुले पहल थाल्ने बताएका छन । सो क्रममा उनले अहिले वर्षातको समय भएको र आफु भर्खरै निर्वाचित भई आएकाले सबै वस्तुस्थिति बुझ्ने क्रममै रहेको बताए । भण्डारीले नयाँ आर्थिक वर्षबाट खेल मैदान संचालनको लागि आवश्यक कार्य थालिने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia