trusted online casino malaysia
trusted online casino malaysia

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको भनिनु केवल हल्ला मात्रै भएको बताएका छन ।जसलाई उनले सुनियोजित हल्ला बताए ।नेपाल सरकारका प्रवक्ता समेत रहेका कार्कीले सुनियोजित रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह समेत गरे । नेपाल टेलिकमको सेवा स्तरोन्नती कार्यक्रममा सहभागि हुन इनरुवा आइपुगेका मन्त्री कार्कीले सम्बोधनका क्रममा सो कुरा बताएका हुन ।

उनले भने, “एउटा सुनियोजित हल्ला चलाइएको छ । जसमा कुनै सत्यता छैन । हामी श्रीलंकाको उदाहरणबाट हामी सचेत हुन जरुरी छ । तर मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा भने नपर्नका निमित्त सबैमा आग्रह गर्न चाहन्छु । ” मुलुकको अर्थतन्त्रमा केही चुनौतिहरु रहेपनि त्यसलाई सबैले मिलेर सामाना गर्नु पर्ने बताएका कार्कीले मुलुकको अर्थतन्त्र संकटपूर्ण र चुनौतिपूर्ण नभएर सवल, गतिशिल र लय पक्रेको अर्थतन्त्रका रुपमा अघि बढ्न सक्ने अवस्थामा रहेको बताए ।एक फरक प्रशंगमा कार्कीले सरकारले नागरिकता समबन्धि पुरानो अध्यादेश फिर्ता लिएर नयाँ अध्यादेश अघि बढाएकाले नागरिकता समबन्धि वषौं देखिको समस्या समाधान भएर जाने विश्वास व्यक्त गरेका छन ।उनले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा सो विषय प्रवेश गरे पश्चात नागरिकता नपाउने समस्याबाट मुलुलकले मुक्ति पाउने बताए ।मन्त्री कार्की नेपाल टेलिकमको सेवा स्तरोन्नती कार्यक्रममा सहभागि हुन इनरुवा आएका थिए । सो क्रममा उनले टेलिकमको पुरानो सेवा कोप्पर नेटवर्क प्रणालीलाई हटाएर फाइबर नेटवर्क सेवा थालनीको शुभारम्भ गरेका छन ।सेवा शुभारम्भ सँगै इनरुवा टेलिकम फाइबर नेट सुविधा कार्यान्वयनमा ल्याउने प्रदेश नम्बर १ को धनकुटा पश्चातको दोस्रो कार्यालय बनेको छ । फाइबर नेट सेवा सुरु भएसँगै टेलिफोन, इन्टरनेट र टेलिभिजन तीनवटै सेवा अब एकसाथ लिन सकिने इनरुवा प्रमुख जियालाल मेहताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia