गुरु पूर्णिमाको अवसर पारेर पूर्व विद्यार्थीहरुले गुरुहरुलाई सम्मान गरेका छन । भगवती मा.बि. इनरुवाको एसएलसी २०४८ ब्याचका विद्यार्थीहरुले गुरुहरुलाई सम्मान गरेका हुन ।

विद्यालय हातामा औपचारिक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुले सेवा निर्वित गुरुहरुलाई सम्मान गरेका हुन । पूर्व विद्यार्थीहरुले गुरुहरुलाई कार्यक्रम स्थान सम्म ल्याउन र पुर्याउन समेतको बन्दोवस्ती मिलाएका थिए । शिक्षाको ज्ञान दिलाउने गुरु प्रति आदर र सम्मान दर्शाउन गुरु पूर्णिमाको अवसर पारी कार्यक्रम आयोजना गरिएको ब्याच २०४८ समूहका अध्यक्ष कोमल दुलालले बताए ।कार्यक्रममा पूर्व विद्यार्थीहरुले विद्यालयको भौतिक पूर्वाधारका साथै अन्य आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउन समेत रकम संकलन थालिएको पूर्व विद्यार्थी रोहित निरौलाले बताए ।कार्यक्रममा दुई दजर्न बढी पूर्व शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia