भोक्राहा नरसिंह गाउपालिकामा सनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भोक्राहा नरसिंह गापाको वडा नं. ८ को आधारभुत स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। जिल्ला अस्पताल इनरुवाको प्राविधिक सहयोगमा भोक्राहा नरसिंह गाउपालिकाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

स्वास्थ्य शिविरमा स्थानिय ९० जनाले स्वास्थ्य चेकजाँच गराएको भोक्राहा नरसिंह गाउपालिका स्वास्थ्य संयोजक हिरा साहको भनाई छ। उक्त शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिताकुमारी उरावँ, वडा नं. ८ का वडा अध्यक्ष उसमान मन्सुरी, वडा नं. २ का वडा अध्यक्ष आलम अंसारी, जिल्ला अस्पताल इनरुवाका मे.सु. डा.देबराज घिमिरे गाउँपालिकाका कर्मचारी हिरा साह लगायतको उपस्तिथि रहेको थियो।









